असाय,अनाथ बालाबालिकाहरु संग ईन्जिनियर थापाकाे जन्मदिन

डाेल्पा – खानेपानी सिँचाई तथा उर्जा विकास कार्यालय डोल्पाका कार्यालय प्रमुख ईन्जिनियर नबिन थापाले असाय अनाथ बालबालिकाहरुको साथमा जन्मउत्सब मनाएका छ्न । डोल्पा जिल्लाको सदरमुकाम दुनैमा रहेको माया सदनमा २० हजार को खाने कुराहरुको ब्याबस्था गरि असायअनाथ बालबालिकहरुको साथमा आफ्नो जन्म उत्सब मनाएका हुन । अनाथ असाय बालबालिकाहरुलाई पढाइ लेखाईलाई टेवा पुग्ने गरि कापी कलम किन्नको लागि नगद ३ हजार माया सदनका संयोजक धर्मबुढालाई हस्तान्तरण गरेका छ्न ।

सदरमुकाममा रहेको माया सदनमा अहिले डोल्पा जिल्लाभरका १९ जना असाय,अनाथ बालबालिका बस्दै आएका छन । सदनले बाबु आमा र कोहि आफन्तहरु नभएका बेसाहारा गरिब बालबालिकाहरुलाई खाने , बस्ने सङ्गै पढ्ने व्यवस्थापन गरेकोे छ।

खानेपानीका प्रमुख ईन्जिनियर थापाले भने ” बाबू आमा नभएका अनाथ असाय बालबालिकाहरुकाे साथ जन्म उत्सव मनाउदा अत्यन्तै खुसी लागेकाे र  थोरै भए पनि कापी कलम किन्न सहयोग गर्दा आत्म सन्तुष्टि भएको छ । माया सदनमा रहेका बालबालिकालाई खानपिनकाे ब्यबस्था सहितकाे जन्म दिन मनाउदा अभिभावकिय भुमिका निर्वाह गरेकाे पनि महसुस भएकाे थापाले बताए ।

यसरि जन्मउत्शबमा केही सहायोग गर्दा बालबालिकाहरुमा खुसी र सहयोग भएको सदनका संयोजक धर्म बुढाले धन्यवाद दिदै भने कोहि सहयोगी मनकारी भए सहयोगको अपेक्षा गरेको बताए । सानो सानो सहयोगले अनाथ र असाय बालबालिकाहरुको भबिस्यमा अमुल्य सहयोग हुने उनले बताए । जन्म उत्सव मनाउदा उक्त सदनका बालबालिका खुसी भएका थिए । खानेपानी सिचाइ तथा उर्जा विकास डाेल्पाका कार्यालय प्रमुख समेत रहेका ईन्जिनियर थापा यस्ता खाले विभिन्न सामाजिक काममा सहभागीता जनाउने गर्दछन ।

प्रतिक्रिया दिनुहोस