जिल्ला समन्वय डाेल्पाकाे साैचालय खाडल खुल्ला,संक्रमण फैलिने त्रास

डाेल्पा – जिल्ला समन्वय समिति डाेल्पाकाे सभाहल नजिकै रहेकाे साैचालयकाे खाडल भत्किएको छ । दैनिक जसाे अत्याधिक प्रयाेगमा आउने उक्त साैचालयकाे सेफ्टी ट्यांकीकाे माथिल्लो ढकन फुटेर खाडल भित्र पसेकाे छ । धेरैजसो चहलपहल हुने प्रयाेग गरिने साैचालयकाे खाडल भत्किदा पनि सम्बन्धित निकाएले चासाे नदेखाएको गुनासाे बढेकाे छ ।

जिल्ला समन्वय समितिकाे साैचालय देखि करिब ५ मिटरको दुरीमा सरस्वती माध्यामिक बिधालय रहेकाे छ भने संगै सार्वजनिक सडक बाटाे रहेकाे छ । उक्त साैचालयकाे ढकन खुल्ला हुदा आसपासमा दुर्गन्ध फैलिएको यसबाट अन्य विभिन्न संक्रमण फैलिने त्रास रहेकाे सरस्वती माबिमा अध्ययनरत बालबालिका र आवतजावत गर्ने यात्रुहरुले बताएका छन् ।

यस्तै उक्त ढकन बिहिन साैचालयकाे खाडलमा बालबालिका खस्ने जाेखिम देखिएकाे छ । उक्त क्षेत्रमा धेरैजसो बालबालिका खेल्ने आवतजावत गर्ने हुनाले कुन समयमा बच्चा खाडल भित्र खस्ने हुन भन्ने चिन्ता रहेकाे एक स्थानीयले बताए । समयमै उक्त साैचालय ढकन निर्माण मर्मतसम्भार गर्न उनले आग्रह गरेका छन ।                 

प्रतिक्रिया दिनुहोस