डाेल्पा – हिमाली जिल्ला डोल्पामा पहिलो पटक राहादानी वितरण सुरु गरिएको छ । जिल्ला प्राशासन कार्यलय डोल्पाले दुर्गम जिल्ला देखि राजधानी जान आउन कठिनाइ हुने हुदा जिल्ला प्रशासन कार्यालय डाेल्पाबाटै सजिलै पासपोर्ट ( राहादानी ) सहज तरिकाले एक महिनामै पाउने गरि पासपोर्ट दिन सुरु गरेकाे हाे ।
बिहिबार प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोख्रेलले जिल्ला प्रशासन कार्यलय डोल्पा बाट ठुली भेरी नगरपालिका १ का चन्द्र प्रकाश रोकाया र त्रिपुरासुन्दरि नगर पालिका ११ का गनेशमान पुन लाई पासपोर्ट (राहादानी ) हस्तान्तरण गरि सेवाकाे सुरुवात गरेका हुन ।
जिल्ला बाटै राहदानी पाउँदा पैसाको बचत , समयको बचत र सहज ,सरल हुने स्थानीय सेवाग्राही गनेशमान पुनले बताए । जिल्ला बाट पहिलो पटक राहादानी पाउँदा दुबै जानाले खुसी व्यक्त गरे । भने जिल्ला बाट राहादानी पाउँदा यहाँका स्थानिय बासिन्दालाई सहज हुने जिल्ला प्राशाशन कार्यलय डोल्पाले जनाएको छ ।