जिल्ला स्तरीय वकत्तृत्वकलामा अरनिको मा.बि काईकेकी छात्रा सिर्जना बस्नेत प्रथम

डोल्पा:- ११३ औँ अन्तराष्ट्रिय महिला श्रमिक दिवसमा जिल्ला स्तरिय वकत्तृत्वकला भएको छ । जिल्ला स्तरिय वकत्तृत्वकलामा काईके गाउँपालिकाको अरनिको माध्यामिक बिद्यालयकी छात्रा सिर्जना बस्नेत प्रथम भएकी छिन । “महिला हि‌सा रोकथामका लागि बिद्यालयको भुमिका”बिषयक जिल्ला स्तरिय वकत्तृत्वकला प्रतियोगितामा अरनिको माबिकी सिर्जना प्रथम भएकी थिईन । जिल्लाभरका बिभिन्न बिद्यालयका ९ जना छात्राछात्रले  वकत्तृत्वकलामा सहभागिता जनाएकोमा सिर्जना बस्नेत अरनिको माबि काईके प्रथम मनिषा शाही सरस्वती माबि दुनै दोस्रो र मेलिना रोकाया आदर्श माबि जुफाल तेस्रो स्थान हाँसिल गर्न सफल भएकी हुन । बिजेता बन्नेले क्रमश : ५ हजार ३ हजार र २ हजार नगदका साथै प्रमाण पत्र पाएका छन ।

स्याक नेपालको आर्थिक सहयोगमा जिल्ला समन्वय समितिले आयोजना गरेको ११३औँ अन्तराष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा जिल्ला स्तरिय वकत्तृत्वकला प्रतियोगिता गरिएको थियो । त्यसका साथै महिलाहरुको डोरी तान्ने खेल साना बालिका र किशोरीहरुका नृत्य र सचेतना मुलक सासु बुहारी नामक सड्क नाटक समेत प्रदर्शन गरिएको थियो । उक्त कार्यक्रममा पहिलो स‌बिधान सभामा डोल्पाबाट प्रतिनिधित्व गर्ने महिला सभासद दुधकुमारी हमाललाई समेत अब्बल महिला नेतृका रुपमा सम्मान गरिएको छ । स‌घियता पछि हरेक स्थानीयतहले स्थानीयतहका वडामै यस्ता दिवस मनाउने गरेकोले पहिला जसरी सदरमुकाममा हुने कार्यक्रममा भने रौनकता त्यति देखिदैन । स्थानीय सरकारले यसरी सरकारी बजेट नाचगानमा मात्रै खर्च गर्नु भन्दा महिलाहरुलाई उद्यमी बनाउने गरी खर्च गरे उनिहरुको जिवनस्तरमा परिवर्तन हुने नागरिकको सुझाब रहेको पाईन्छ ।

प्रतिक्रिया दिनुहोस