डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिकाकाे दाेस्राे मेयर कप उपाधि ल्हाँकाे भलिबल टिमलाई

डाेल्पा – डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिकाकाे केन्द्र बगर बजारमा आयाेजित एक साता देखि संचालन भैरहेकाे दाेस्राे मेयर कप उपाधि त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ५ ल्हाँकाे भलिबल टिमले उचालेकाे छ । नगरपालिकाले आयाेजना गरेकाे दाेस्राे मेयर कप जिल्ला स्तरीय खुला भलिवल प्रतियोगिताकाे उपाधि सहभागी १२ टिमबाट प्रतिस्पर्धा गर्दै नगरपालिकाकै वडा नं ५ ल्हाँकाे भलिबल टिम प्रथम भएकाे हाे । प्रथम टिमले रु १ लाख १५ हजार नगद,कप,मेडल र प्रमाणपत्र पाएकाछन ।

यसैगरि वडा नं ६ काे फुल्चिङ भलिबल टिमले रु ६१ हजार नगत सहित,कप,मेडल र प्रमाणपत्र पाएकाछन् ।यस्तै वडा नं २ रुमकाे भलिबल टिमले तृतीय स्थान हासिल गरि रु ४१ हजार नगत सहित कप,मेडल र प्रमाणपत्र पाएका छन ।

खेल अवधिभर उत्कृष्ट खेलाडीकाे उपाधि दशरथ पहाडीले पाएका छन । उत्कृष्ट स्पाईकर भिम चलाउने र अनुशासित खेलाडी दमन थापा भएकाछन् । प्रतिस्पर्धामा सहभागी टिम मध्ये कान्छाे खेलाडी तथा स्पाइकरकाे रुपमा इन्द्ररुप डसाललाई पुरस्कार दिईएकाे छ । विभिन्न स्थान हाँसिल गर्ने खेलाडीहरुलाई जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिहरु पुरस्कार हस्तान्तरण गरेका थिए ।

यस प्रतियोगिताबाट युवालाई एक आपसमा आत्मियता आदानप्रदान हुनुकाे साथै राष्ट्रकाे लागि आवश्यक खेलाडी उत्पादन हुने बिश्वास रहेकाे त्रिपुरासुन्दरी नगरपालिकाका नगरप्रमुख जनचन्द राेकायाले बताए । दाेस्राे मेयर कप भलिबल प्रतियोगिता सान्त भव्य सव्य तरिकाले सम्पन्न भएको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस