नेकपा एकीकृत समाजवादी डाेल्पाकाे अध्यक्षमा धरला मनाेनित

डाेल्पा – नेकपा एकीकृत समाजवादी पार्टी डाेल्पाकाे अध्यक्षमा छक्क बहादुर धरलालाई मनाेनित गरिएकाे छ । रिक्त जिल्ला कमिटी अध्यक्ष पदमा यसअघि उपाध्यक्ष समेत रहेका धरलालाई नेकपा एकीकृत समाजवादी केन्द्रीय कमिटीले अध्यक्षमा मनाेनित गरेकाे एकीकृत समाजवादी डाेल्पाका उपसचिव युवराज थकालीले जानकारी दिए ।

नेकपा एमाले बाट पार्टी बिभाजन गरि पुर्व कर्णाली प्रदेशका पर्यटन मन्त्री तथा एमाले डाेल्पाका पार्टी सचिव नन्दसिँह बुढाकाे अध्यक्षतामा नेकपा एकीकृत समाजवादी पार्टी गठन गरिएकाे थियाे । नेकपा एसका डाेल्पा अध्यक्ष नन्दसिँह बुढा पुन: एमाले प्रवेश गरेपछि रिक्त अध्यक्ष पदमा उपाध्यक्ष छक्क धरलालाई अध्यक्षमा मनाेनित गरिएकाे हाे ।

प्रतिक्रिया दिनुहोस