काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । उसले पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाएको छ ।
पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । यसबारे सभापति रवि लामिछानेले पत्रकार सम्मेलन गरेर केहीबेरमा औपचारिक घोषणा गर्दैछन् ।
गृहमन्त्रीका विषयमा कुरा नमिलेपछि उक्त पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको हो । हाल सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीका दुई मन्त्री र एक राज्यमन्त्री छन् ।
सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन भने कायमै रहेको सभापति रवि लामिछानेले जानकारी दिए ।