दुनै बजारको ठुलीभेरी नदिमा मनपरि फाेहाेर फाल्छन ब्यबसायी,भेरीनदि देखिदै कुरुप

डाेल्पा – डाेल्पाकाे सदरमुकाम दुनै बजार हिमाली बजारकाे रुपमा चिन्ने गरिन्छ । प्रसिद्ध बाला त्रिपुरासुन्दरी माताकाे मन्दिर दर्शन गर्न आउने भक्तजन,सबै भन्दा ठुलाे निर्जीव फाेक्सुण्डाे ताल,शे गुम्वा,शे उपत्यका,हिउँले सेताम्य भएका हिमाल अवलोकन गर्न डाेल्पा पुगेका आन्तरिक तथा बाह्य पर्यटकहरु एक पटक दुनै बजार पुग्ने गर्दछन ।

डाेल्पाकाे सदरमुकाम दुनै बजारकाे बिच भागमा रहेकाे ठुलीभेरी नदिमा पछिल्लो समय फाेहाेरका थुप्राहरु देखिदा भेरि नदि कुरुप बन्दै गएकाे छ । ठाउँठाउँमा थुप्रिएका फाेहाेरले गर्मि बढ्याे भने दुर्गन्ध फैलिने सम्भावना बढेकाे छ । दुनै बजार क्षेत्रकाे भेरीकाे किनारामा यहाँका व्यवसायी तथा स्थानीयले मनपरि फाेहाेर फाल्दा भेरी नदी घिनलाग्दाे देखिन थालेकाे छ । बर्खामास भेरीकाे पानी बढ्ने हुनाले फाेहाेर खासै देखिदैन तर हिउँदकाे समयमा भेरीमा पानी सानाे हुने हुदा फाेहाेरै फाेहाेर देखिन्छ ।

दुनै बजारका ब्यबसायीहरुले  हाेटेलपसलहरुबाट संकलन भएकाे फाेहाेर भेरीकाे किनारामा फल्दा फाेहाेर देखिएकाे स्थानीयले आराेप लगाएका छन । ब्यापारबाट लाखौं कमाउने तर फाेहाेरलाई ब्यवस्थापन गर्न नसकेको भन्दै ठुलीभेरी नदिलाई प्रदुषित बनाउने काम भैरहेको एक स्थानीयले बताए ।

देश बिदेशका पर्यटक आउने दुनै बजारकाे सफा ठुलीभेरी नदि पछिल्लो समय फाेहाेरी नदिमा रुपान्तरण हुन लाग्दा समेत कसैकाे ध्यानाकर्षण हुन सकेकाे छैन । पर्यटककाे मुख्य राेजाईमा  पर्ने दुनै बजारकाे ठुलीभेरी नदिमा फाेहाेर थुप्रिदा समेत कुनैपनि निकायकाे ध्यान जान नसकेको महसुस भएकाे एक आन्तरिक पर्यटकले बताए ।

दुनै बजारकाे फाेहाेर व्यवस्थापनकाे लागि निश्चित ठाउँ नताेक्दा दैनिक फाेहाेर भेरीमा फाल्न बाध्य भएकाे दुनै बजारका एक ब्यवसायीले बताए । उनले भने हामीलाई फाेहाेर कहाँ फाल्ने ठाउँ गरिदिएपछि त्यही जम्मा गर्छाैं ।

दुनै बजारमा दैनिक संकलन भएकाे फाेहाेरलाई व्यवस्थापन गर्नकाे लागि लामालाेटे साईटमा डम्पिङ साईट निर्माण गरिएकाे छ । तर प्रयाेगमा भने आएकाे छैन । डम्पिङ क्षेत्रमा सडक नपुगेकाे र जिल्ला अस्पताल जाेड्ने पुल नबनेकाे कारण पनि फाेहाेर व्यवस्थापन गर्न समस्या भएकाे ठुलीभेरी नगरपालिका ३ दुनैका वडा अध्यक्ष भक्त बहादुर भण्डारीले बताए । फाेहाेर जथाभावी नफाल्न वडा अध्यक्ष भण्डारीले व्यवसायी तथा स्थानीयलाई आग्रह गरेका छन् । हाल रहेकाे फाेहाेरलाई नगरपालिका संग समन्वय गरेर सफा गर्ने र त्यसपछि जस्काे अगाडि भेरीमा फाेहाेर देखिन्छ उसलाई तत्काल कारबाही गरिने भण्डारीले बताए ।

सदरमुकाम दुनै बजार र जुफाल बजारलाई ब्यबस्थीत सुन्दर सफा बजार बनाउनकाे लागि बिशेश याेजना सहित काम गर्ने तयारी रहेकाे ठुलीभेरी नगरपालिकाका नगर प्रमुख सुवर्ण कुमार बुढाले बताए । दुनै बजार डाेल्पाकाे मुख्य केन्द्र रहेकाे र यहाँ देश बिदेशबाट पर्यटक आउने हुदा आफ्नाे क्षेत्र सफा राख्नु पर्छ भन्ने साेच सबैले राख्नु पर्ने नगर प्रमुख बुढाले बताए । दैनिक  दुनै बजार र जुफाल बजार क्षेत्रका फाेहाेर संकलन गरि छुट्टै व्यवस्थापन गर्नकाे लागि फाेहाेर बाेक्ने गाडीनै ल्याउने तयारी रहेकाे उनले बताए  । सबै संग सहकार्य गरेर ठुलीभेरी नदि किनारामा रहेकाे फाेहाेरलाई हटाउने र आगामी दिनमा जस्ले फाेहाेर भेरीमा फाल्छ उसलाई कानुन बमोजिम कारबाही गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस