डाेल्पाकाे जुफाल एयरपोर्टमा ३ सय ९२ किलाे सडेको मासु नष्ट,व्यवसायीलाई भएन कारबाही

डाेल्पा – डाेल्पाकाे जुफाल विमानस्थलमा सडेगलेकाे ३ सय ९२ किलाे मासु नष्ट गरिएकाे छ । मंगलबार नेपालगंज बिमानस्थल बाट डोल्पाकाे लागी तारा एयर र समिट एयरको जहाजमा कार्गो गरि ल्याईएका सडेगलेकाे खान अयोग्य रहेको ब्वाईलर कुखुराको मासु २१८ किलो, माछा मासु १४० किलो र खसिको मासु ३४ किलो गरि जम्मा ३९२ किलो मासु नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय डाेल्पाले जनाएको छ ।

विमानमा मासु प्याक गरेको साधन फुटेपछि मासु सडेकाे भनेर यात्रुले जानकारी दिएपछि मात्र सबै मासु चेकजाँच गरिएकाे थियाे । चेकजाँचकाे क्रममा सबै मासु अयाेग्य रहेकाे पाईएपछि नष्ट गरिएकाे हाे । मान्छेकाे जीवन संग जाेडिएकाे सडेको मासु ल्याउने व्यवसायीहरुकाे नाम भने गाेप्य राखिएकाे छ । व्यापारकाे नाममा धेरै फाईदा खाने उदेश्यले सडेको मासु मगाउने र पठाउने सबै व्यवसायीलाई निगरानीमा राख्नु पर्ने हाे तर यहाँ मासु नष्ट गरियाे कारबाहीको प्रक्रिया भने शून्य रहेकाे छ ।

डाेल्पामा हवाई हाेस् या सडक मार्गबाट हाेस् प्राय खान अयाेग्य मासु भित्राउने गर्दछन । आैपचारिकताकाे लागि मात्र अनुगमन गर्ने कानुनी रुपमा छुड्करा दिनाले पनि यस्ता खाले गैरकानुनी गतिविधि संचालन भैरहेको नागरिक अगुवाहरुले बताएका छन । गलत काम गर्ने जाेसुकै व्यवसायीलाई कानुनी कट्घरामा ल्याउनु पर्ने उनिहरुकाे भनाइ छ ।
तस्बिर : गायत्री शाही                                                       

प्रतिक्रिया दिनुहोस