डाेल्पामा पुरातात्त्विक मुर्ति चाेरी मुद्वाका फरार प्रतिवादी बि.क पक्राउ

डाेल्पा – डाेल्पा प्रहरीले पुरातात्त्विक मुर्ति चाेरी मुद्वाका फरार प्रतिवादी पक्राउ गरेकाे छ । डाेल्पाकाे काईके गाउँपालिका वडा नं. ७ बस्ने बर्ष २९ का अजत भन्ने धनेश बि.क लाई प्रहरीले पक्राउ गरेकाे हाे । फरार प्रतिवादी बि.क लाई पुरातात्त्विक मुर्ति चाेरी मुद्वामा डाेल्पा जिल्ला अदालतले मिति २०७५/०१/०३ गतेकाे फैसलाले रु एक लाख जरिवाना र ३ बर्ष कैद ताेकेकाे थियाे ।

जिल्ला प्रहरी कार्यालय डाेल्पा र प्रहरी चाैकी शहरताराबाट खटिएको  टाेलीले फरार प्रतिवादी बि.कलाई काईके गा.पा ७ स्थित शनिबार पक्राउ गरि जिल्ला अदालत डाेल्पा बुझाएकाे जिल्ला प्रहरी कार्यालय डाेल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस