म के गरु आमा…(कविता)

==== कविता====
म के गरु आमा..
आमाको आस ।
बाबाकाे भराेसा ।
बनेर नाै महिना सम्म ।
तिम्रै काेखमा हुर्केको हुँ म ।
तिम्राे गर्भलाई थाहा छ ।
म तिम्रै सन्तान हाे भनेर ।
तर मलाई गैर नागरिक बनाए आमा ।
म के गरु आमा..?
म त्याे दिन बाध्यताले प्रदेशिय ।
पसिना बगाए ।
प्रदेशले बिश्वास गर्याे ।
नागरिक बनायाे ।
धेरै अवसर दियाे ।
प्रदेशका सबै थाेक त्यागेर ।
तिम्राे काखमा फर्किएकाे हुँ आमा ।
अब कहिलै नफर्किने गरि फर्केको छु ।
तिमिले पनि फर्कायाै भने आमा ।
पि.पि आचार्य जस्तो बाटाे राेज्ने छु ।
म के गरु आमा..?
म यस्ताे देशमा छु ।
जुवाडेहरुले देश चलाईरहेका छन ।
एउटा सानाे एक्काले ।
ठुलाे बाशा पल्टाए झै ।
मलाई पटकपटक पल्टाउन खाेजे ।
आज पल्टाएरै छाेडे ।
तर आमा एक्का अब ।
दुक्का कहिलै हुन सक्दैन ।
तिम्राे काखमा हुन पाउँदा गर्भ लाग्छ ।
न्यानाे लाग्छ ।
बलियाे लाग्छ ।
र त मैले हार खाएकाे छैन ।
सडक देखि सत्ता सम्म ।
मैले सबै भाेगे बुझे ।
सानाे देशमा सानाेलाई मात्र ।
कानुन हुदाे रहिछ ।
म के गरु आमा ..?
मेरा प्रत्यक अंग अंगमा तिम्रै रगत छ ।
म तिम्रै सन्तान हुँ ।
फेरि पनि भन्छु ।
म तिम्रै सन्तान भै मर्न चाहन्छु ।
धन्यवाद ।
📝- लेख बुढा, डाेल्पा

प्रतिक्रिया दिनुहोस