उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त भए रवि लामिछाने

काठमाडाैं- सर्वोच्च अदालतले रवि लामिछानेको नागरिकता वैधानिक नभएको फैसला सुनाएपछि उपप्रधान तथा गृहमन्त्रीबाट रवि लामिछाने पदमुक्त भएका छन्।

नेपालको संविधानले मन्त्री हुनका लागि नेपाली नागरिक हुनुपर्ने भनेको छ । तर, लामिछानेले विदेशी नागरिकता त्यागेको भए पनि नेपाली नागरिकता अपडेट गरेका छैनन् ।

सोही कारण उनी उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारीमा रहन पाउँदैनन् ।

पुस ११ गते उनी उपप्रधान तथा गृहमन्त्री नियुक्त भएका थिए ।

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस