दाङमा फेरि अनेरास्ववियुमा विवाद

दाङ । दाङमा एमाले निकट विद्यार्थी संगठन पुनः विभाजित भएको छ । केही बर्ष अघि विरबल खड्काको जिल्ला नेतृत्वलाई उपाध्यक्ष सर्जन परियारले नस्वीकारेपछि देखिएको संघर्ष पुनः अहिले पनि देखिएको छ । एमाले दाङका इन्चार्ज नरुलाल चौधरी, जिल्ला अध्यक्ष हुकुम बस्नेतसहितको समर्थनमा सर्जनले गोविन्द बस्नेतलाई अध्यक्ष बनाए, भने खड्काले प्रकाश रावतलाई अध्यक्ष बनाए । दुबै समूहले आ–आफ्ना कमिटि बनाएर गतिबिधि गरिरहेका छन् ।

किन उत्पन्न भयो विवाद ?

३ माघमा अनेरास्ववियुका केन्द्रीय सदस्य तथा जिल्ला पार्टीबीच छलफल पछि ११ माघमा तुलसीपुरमा अधिवेशन गर्ने सहमति भयो । तर, त्यो सहमति अनुसार तुलसीपुरमा अधिवेशन भएन । सर्जनको समूहले खुल्ला शत्र घोराहीमा ग¥यो, भने विरबलको समूहले तुलसीपुर स्थित पार्टी कार्यालयमा ग¥यो । खुल्ला शत्र छुट्टा छुट्टै भएपनि बन्दशत्र भने एउटै गर्ने भन्ने गरि सहमति भयो । त्यसपछि संगठनका केन्द्रीय सदस्यहरु र पार्टीका जिल्ला नेतृत्वबीच छलफल भयो ।

तर, एमाले जिल्ला सचिब मनोहर बुढाथोकीले आफै अध्यक्ष मण्डल घोषणा गरेपछि अनेरास्ववियुका सचिबालय सदस्य तथा जिल्ला इञ्चार्ज विरबल खड्काले असहमति जनाए ।‘जिल्ला सचिब अध्यक्ष मण्डलको अध्यक्ष बन्ने र जिल्ला अध्यक्षलाई सदस्यमा राख्ने, संगठनको जिल्ला इञ्चार्जलाई बाहिर राख्ने काम भयो’,उनले भने‘यो विधि,पद्धति विपरित कार्य हो, त्यसैले हामीहरुले यसमा विरोध गरेका हौं ।’

पार्टीले संगठनमाथि हस्तक्षप गर्न खोजेको उनको भनाई छ ।‘पाटी विधि,पद्धतिमा चल्नु पर्छ’,उनले भने‘दाङमा संगठनको कमिटि थिएन, त्यसैले केन्द्रले तत्काल कमिटि बनाउन निर्देशन दिएको थियो, त्यही अनुसार जिल्ला इन्चार्जलाई स्वतः जिम्मेवारी हुन्छ, तर, यहाँ पार्टीले हस्तक्षप गर्न खोज्यो ।’

बन्दशत्रको अध्यक्ष मण्डलको अध्यक्षता जिल्ला सचिब मनोहर बुढाथोकीले गर्ने र त्यसको सदस्यमा पार्टीका जिल्ला अध्यक्ष हुकुम बस्नेत, विवेक श्रेष्ठ, संगठनका केन्द्रीय सदस्य विराट जीसी सहित राखेर एकलौटी गर्न खोजेपछि यो विधि विपरित रहेको भन्दै मान्य नभएको इञ्चार्ज खड्काले बताए ।

सर्जन परियारले भने गणेश बस्नेतकै कमिटि आधिकारिक भएको बताए । विरबलको समूहले संगठनको लेटरप्याड दुरुपयोग गरेको उनले बताए ।‘गणेश बस्नेतको कमिटि नै आधिकारिक हो’,उनले भने‘अर्को समूहले संगठनको लेटरप्याड दुरुपयोग गरे ।

खड्काको समूह

विरबल खड्काको समूहको अध्यक्षमा प्रकाश रावत रहेका छन् । त्यस्तै उपाध्यक्षमा दिनेश रावत, सचिबमा रविन वली, सह–सचिवमा प्रप्ती कडेल र यम पाण्डे रहेका छन् ।

त्यस्तै कोषाध्यक्षमा बिमल भट्टराई सदस्यहरुमा अंकित खनाल, सागर देवकोटा, सुनिता बुढाथोकी, राजन केसी, प्रमिला दहित, शान्ता बस्नेत, रमन डाँगी, सुमन वली, पदम कार्की, नवीन भण्डारी, ललित डाँगी, नवीन डाँगी, युवराज वली, केशव बोहरा, तेज अधिकारी,सीमा विश्वकर्मा, गणेश बस्नेत, कुमार खड्का, रवीन बस्नेत, प्रकाश श्रेष्ठ, प्रदिप बस्नेत, रोहित आचार्य, मेलिना केसी, सुशीला केसी, पिमा खड्का, सिमन वली, विकास भट्टराई, लक्ष्मण पौडेल, भेसराज अर्याल, भाष्कर रिजाल, खड्क बहादुर चन्द,सन्देश पाण्डेलगायत छन् ।

परियारको समूह

परियार समूहको अध्यक्ष गोविन्द बस्नेत रहेका छन् । त्यस्तै उपाध्यक्षमा गणेश खड्का र बसन्त भण्डारी, सचिबमा लक्ष्मण गिरी, उपसचिवमा राजन घर्ती मगर, सीएम विश्वकर्मा, मन्जु देबकोटा, शुसनध्वज पौडेल र कोषाध्यक्षमा कपिल बीसीलाई चयन गरिएको छ ।

त्यस्तै सदस्यहरुमा प्रजोल बुढा मगर, रबिभक्त केसी, अनिल सुनार, दोर्ण केसी, शिब कुमार खत्री, ईश्वर वली, विकास भट्टराई, भुमिका डीसी, जानका विक, स्मृती आचार्य, सुकदेब चौधरी, बिशाल चौधरी, निरज यादब, कबिसेन ठकुरी, सागर पण्डित, निराजन केसी, आकाश वली, रबिन वली, सृजना केसी, जीबन वली, संजय कुमार यादब, समीर कार्की, रेजिना मिया, अंकित आचार्य, खुसीराम चौधरी, समिर वली, प्रतिक्षा केसी, प्रेम प्रकाश वली,रूपेस कुमार मिश्र, राम सुवेदी,मिना भण्डारी, बिनोद थापा, सन्दिप केसी, प्रशान्त श्रेष्ठ लगायत ५१ सदस्यीय छन् ।

प्रतिक्रिया दिनुहोस