अनेरास्ववियु दाङको अध्यक्षमा प्रकाश , उपाध्यक्षमा दिनेश

दाङ । नेकपा (एमाले)को विध्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विध्यार्थी युनियन (अनेरास्ववियु)ले दाङको २३ औँ जिल्ला अधिवेशनबाट प्रकाश रावतको अध्यक्षतामा ३९ सदस्यीय कमिटी चयन गरिएको छ ।

तुलसीपुरमा आयोजित अधिबेशनबाट उपाध्यक्षमा दिनेश रावत , सचिवमा रविन वली , सह-सचिवमा प्राप्ती कडेल , अनुप बि.एम र यम पाण्डे र कोसाध्यक्षमा बिमल भट्टराई निर्विरोध निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरूमा अंकित खनाल , सागर देवकोटा , सुनिता बुढाथोकी , राजन केसी , प्रमिला दहित , सान्ता बस्नेत , रमन डागी , सुमन वली , पदम कार्की , नवीन भण्डारी , ललित डागी , नवीन डागी , युवराज वली , केशव बाेहाेरा , तेज अधिकारी , सिमा विश्वकर्मा , गणेश बस्नेत , कुमार खड्का , रविन बस्नेत , प्रकाश श्रेष्ठ , प्रदिप बस्नेत , राेहित आचार्य , मेलिना केसी , सुशीला केसी , पिमा खड्का , सिमन वली , विकास भट्टराई , लक्ष्मण पाैडेल , भेसराज अर्याल , भाष्कर रिजाल , खड्क बहादुर चन्द र सन्देश पाण्डे ” लगायत ३९ सदस्य चयन भएका छन् ।

अधिवेशनको अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा दाङ ईन्चार्ज बिरवल खड्काले उद्घाटन गर्दै अनेरास्ववियुले देशभर संगठन बिस्तारलाई तिब्रता दिने बताउनुभयो । उहाँले देशकै ठुलो विध्यार्थी संगठन भएकाले संगठन विस्तार र सदस्यता वितरणको कामलाई थप विस्तार गर्ने बताउनुभयो ।

अधिवेशनबाट निर्वाचित जिल्ला अध्यक्ष रावतले जिल्लामा विध्यार्थीको हकहितमा केन्दि्रत भएर योजना बनाउने विध्यार्थीको समस्या समाधान गर्ने तथा संगठन विस्तार सहितका गतिविधिलाई समेत प्राथमिकता दिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस