मुआब्जा नदिएको भन्दै त्रिवेणीमा पक्की पुल निर्माणको काम रोक्ने जग्गा धनीको चेतावनी

डोल्पा – डोल्पाको त्रिवेणी र रुकुम जोड्ने पक्की पुलको निर्माणकार्य भैरहेको छ । जगदुल्ला हाईड्रोपावर कम्पनीले करिव चार बर्ष पहिले १५ करोड बराबरको लागतमा पक्की पुल निर्माणको लागि ठेक्का खुलाएको थियो । ठेक्का निमार्णको जिल्लामा लिएको क्याराभान निर्माण सेवाले सम्झौता गरेर वास्ता नगर्दा आलोचना बढेको थियो ।

राष्ट्रिय गौरबको आयोजना जगदुल्ला हाईड्रोपावर सम्भाव्यता अध्ययनको लागि टर्नेल निर्माण र पक्की पुल निर्माणको लागि संगै ठेक्का खुलाईएको थियो तर संगैको टर्नेलको काम सकियो पुल भने भर्खर निमार्ण कार्य सुरु भएको छ ।

त्रिवेणी पक्की पुल निमार्णको लागि एक बर्ष पहिले मुल निर्माण कम्पनी क्याराभान जेभी बाट सम्झौता गरि रेट्रो टेच जे बि जि जोइन्ट भेन्चरले निर्माण कम्पनीले पुल निमार्णको काम गरिरहेको छ । भौगोली विकट्ता यातायात ढुवानीको समस्या जनशक्तीको अभाव समय समयमा मेसिनरी साधनमा आउने खराबीको कारणले पुल निमार्णमा समस्या भैरहेको रेट्रो टेच जे बि जि जोइन्ट भेन्चरले निर्माण कम्पनीका संचालक बादल बुढाले बताए । जगदुल्ला हाईड्रोपावर र पुल निमार्ण स्थलको जग्गा धनी विच भएको सम्झौता  अनुसार मुआब्जा वितरण नहुदा पुल निमार्ण कार्यमा बेलाबेला अवरोध हुने गरेको बुढाले बताए । हाल फाउण्डेशन तयार भैरहेको संगै पुलको लागि आवश्यक पर्ने मालसामानहरु जम्मा गर्ने काम भैरहेको उनले बताए ।

के भन्छन जग्गा धनी ः
जगदुल्ला हाईड्रोपावर कम्पनीले मुआब्जा नदिएको भन्दै जग्गा धनी माधव रोकायाले सम्पुर्ण कामका गतिविधि रोक्ने चेतावनी दिएका छन । त्रिवेणीको साढे ७ रोपनी  जग्गा हाईड्रोले अधिग्रहण गरेर पुल निमार्ण कार्य गरिरहेको तर जग्गा धनीलाई मुआब्जा दिन्छु दिन्छु भनेर वास्ता गर्न छाडेको भन्दै जग्गा धनी रोकायाले आक्रोश व्यक्त गरेका छन । सम्झौता अनुसार मुआब्जा नपाए ढुंगा, गिटी,बालुवा, र आवतजावत गर्ने बाटो बन्द गरिदिने समेत जग्गाधनी रोकायाले चेतावनी दिएका छन । पटकपटक अनुगमन गर्ने तर निचोडमा ल्याउन नसक्ने भन्दै तत्काल मुआब्जा नपाए सवै काममा अबरोध गर्ने जग्गा धनीले बताएका छन ।

के भन्छ हाईड्रोपावर ः
त्रिवणीमा निर्माधीन पक्की पुलको लागि आवश्यक जग्गाको मुआब्जा वितरणको काम प्रक्रियामा रहेको जगदुल्ला हाईड्रोपावर आयोजना प्रमुख सन्जय साप्कोटाले बताए । मुआब्जा वितरण समितिमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको हुदा सम्पूर्ण प्रक्रिया पुरा गरेर जग्गा धनीलाई मुआब्जा वितरण गरिने आयोजना प्रमुख साप्कोटाले बताए । त्रिवेणीमा पुला निर्माण भएपछि मात्र जगदुल्ला हाईड्रोपावरको अन्य काम गर्ने सुरु हुने भएको हुदा छिटो पुल निर्माण गर्न निर्माण कम्पनीलाई आवश्यक  निर्देशन दिईरहेको  साप्कोटाले बताए ।

जगदुल्ला हाईड्रोपावर आयोजनाबाट  १०६ मेगावट क्षमताको जलविधुत उत्पादन हुने छ । जगदुल्ला गाउँपालिका वडा नं. १ हुरिकोटमा २३ मिटर अग्लो ड्याम निर्माण गरेर ६.१ किलोमिटर सुरुङमार्फत मुड्केचुला गाउँपालका ४ ईलमा पानी खसालेर विधुत उत्पादन गरिने छ ।                                                              तस्बिर : त्रिवेणीमा पुलकाे काम हुुँदै

प्रतिक्रिया दिनुहोस