बाँके । खजुरा गाउँपालिकाका दुई बालकमा पनि दादुरा संक्रमण पुष्टि भएको छ । नेपालगन्जमा दादुराको संक्रमण बढेका बेला खजुरा गाउँपालिकाका दुई बालकमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत नरेशबाबु श्रेष्ठले बताए ।
नेपालगन्जमा फैलिएको दादुरा संक्रमण रोकिएको छैन । नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दका अनुसार नेपालगन्जमा ७६ जना बालबालिकामा दादुरा संक्रमण पुष्टि भएको छ । दादुराका कारण एक बालकको मृत्यू भएको छ ।
दादुरा फैलिएपछि नेपालगन्जका बालबालिकालाई दादुरा विरुद्धको खोप लगाउन थालिएको छ । खोप अभियान सुरु भएको दुई दिनमा एक हजार दुई सय ५८ बालबालिकालाई खोप दिइएको चन्दले बताए । पहिलो चरणमा वडा नंं. ५, ७ र ८ का बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप दिइएको उनले जानकारी दिए।