काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले चुस्त दुरुस्त ढंगले सेवा प्रवाह गर्न ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारी (सीडीयो)हरुलाई निर्देशन दिएका छन्।
गृहमन्त्री लामिछानेले सकेसम्म छिटोछरितो ढंगले जनताका काम गर्न सीडीयो र प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका हुन्। उनले शीतलहर, जाडो जस्ता प्राकृतिक प्रकोपबाट जनतालाई जोगाउने योजना बनाएर काम गर्न पनि निर्देशन दिए ।
गृहमन्त्री लामिछानेले मुलुकको पछिल्लो शान्ति सुरक्षाको अवस्था बुझ्न बिहान प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा प्रमुखहरुसँग भर्चुअल बैठक गरेका थिए।
सोही क्रममा मन्त्री लामिछानेले गुनासोरहित सेवा प्रवाहमा ध्यान दिन निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले जानकारी दिए ।