ब्लु हाउस लाई गोरखा रनिङ शिल्ड

दाङ । गोरखा सेकेन्डरी स्कुल तुलसिपुर दाङको आज सम्पन्न साता ब्यापी खेलकुद कार्यक्रममा ब्लु हाउसले गोरखा रनिङ शिल्ड २०७९ को उपाधी जितेको छ ।
बिधालयको वार्षिक क्यालेन्डर अनुसार प्रत्येक वर्ष यहि समयमा हुने साताब्यापी खेलकुद महासंग्राहममा १२ स्वर्ण ४ रजत र ५ कास्य पदक हात पार्दै ब्लु हाउसले रनिङ शिल्ड जितेको हो ।

त्यस्तै ७ स्वर्ण,८ रजत र ११ कास्य पदक साथ रेड हाउस उपबिजेता हुदा ग्रीन हाउस ६ स्वर्ण,१० रजत र २ कास्य पदक जितेर तृतीय स्थान हासिल गर्न सफल भयो । त्यसैगरी १ स्वर्ण ,९ रजत र ८ कास्य पदक सहित सान्त्वना स्थान हासिल गरेको एल्लो हाउस उत्कृष्ट अनुशासन हाउस घोषणा भयो ।गोरखा ग्रुपका अध्यक्ष मान बहादुर बुढाको अध्यक्षता न १९ बाहिनीका लेफ्टिनेन्ट कर्नेल सोनिक गुरुङको प्रमुख आतिथ्य एवं दाङ जिल्ला खेलकुद बिकास समितीका कार्यालय प्रमुख शान्ती सोमई, लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष बिमल रिजाल र त्रीशिदेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमालको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रममा बिधालयका खेलकुद संयोजक मोहन सुनारले बिधालयले आफ्नो स्थापनाकाल देखि हाल सम्म खेलकुदका क्षेत्रमा हासिल गरेका महत्त्वपूर्ण उपलब्धिका बारेमा प्रकाश पार्नु भएको थियो ।

त्यस्तै कार्यक्रममा बोल्ने बक्ताहरुले गोरखा माबी तुलसिपुर स्थापनाकाल देखीनै शिक्षा संगै खेलकुदका क्षेत्रमा जिल्लामा अब्बल रुपमा स्थापित भएको बताएका थिए । दाङको सान र गौरव लाई खेलकुदको माध्यम बाट राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा उच्च राख्न सफल भएको भन्दै हासिल गरेको उपलब्धी लाई गोरखाले संस्थागत गर्दै लैजानु पर्ने उनिहरुले धारणा राखेका थिए ।
गोरखा माबी तुलसिपुरका प्रीन्सिपल बिजयमान जिएमको स्वागत रहेको कार्यक्रममा खेलकुद पत्रकारिताका माध्यम बाट खेलकुदको बिकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै खेलपत्रकार लक्ष्मण बस्नेतलाई सम्मान गरिएको थियो । सो अबसरमा बिधालयमा अध्ययनरत बिधार्थिहरुले विभिन्न भेषभुषा,कला संस्कृती झल्कने नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय तुलसिपुरका प्रहरी निरीक्षक रेशम बहादुर खत्री,शसस्त्र प्रहरी निरिक्षक अशोक अधिकारी, रिपोर्टस क्लब लुम्बिनी प्रदेश अध्यक्ष शरद रेग्मी, जिल्लामा स्थापित खेलकुद संघका अध्यक्ष तथा प्रतिनिधि,प्रशिक्षक,राष्ट्रिय, अन्तरास्ट्रिय खेलाडि,खेलप्रेमी,शिक्षक,अभिभावक, पत्रकार लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन शिक्षक कमल भन्डारीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस