olux

जाडोसँगै सिरक–डस्नाको व्यापार बढ्यो

नेपालगन्ज । पुसको दोस्रो सातामा आएर बाँके बर्दियालगायत यस क्षेत्रमा जाडो एक्कासि बढेपछि नेपालगन्जमा न्यानो लुगा र कम्बलसहित सिरक डस्नाको व्यापार पनि अत्याधिक बढेको छ ।

जाडोको बेला पश्चिम नेपालका अधिकांश पहाडी जिल्लाहरू र बाँके बर्दियामा समेत अधिकांश न्यानो लुगा तथा सिरक डस्नाहरू नेपालगन्जबाटै जाने भएकाले अहिले यहाँ ती सामाग्रीको ब्यापार बढेको व्यापारीहरूले बताएका छन् ।

नेपालगन्जको बीपी चोकमा रहेका करिब एक दर्जन जति सिरक डस्नाका थोक र फुटकर दुवैथरी पसलहरूमा अहिले सिरक डस्ना खरिद गर्नेहरू दिनदिनै बढ्दै गएका छन् भने स्थानीय त्रिभुवन चोकमा कम्बल र न्यानो लुगा खरिद गर्नेहरूको घुइँचो लाग्न थालेको छ । बाँके र बर्दियालगायत भेरी र कर्णालीका विभिन्न हिमाली र पहाडी जिल्लामा समेत सिरक डस्नाहरू बीपी चोकबाटै सप्लाई हुँदै आएको छ ।

बीपी चोकस्थित चाँद सिरक इन्टर प्राइजेजका सञ्चालक मोहम्मद एस खानले अहिले एकदिनमै सयौंको संख्यामा सिरक डस्नाको बिक्री भइरहेको जनाएका छन् । उनले अझै करिब २ महिनासम्म सो बिक्री निरन्तर जारी रहने पनि बताए ।
बाँके बर्दियालगायत सुर्खेत, कालिकोट, दैलेख, जुम्ला र मुगुसम्म यहाँका सिरक डस्ना जाने गरेकोले व्यापार निकै राम्रो हुने गरेको उनले बताए ।

चिसो धेरै हुने पहाडी जिल्लाका व्यवसायीले बढी खरिद गर्ने गरेकोले पनि बिक्रि राम्रो हुने गरेको यहाँका व्यापारीको भनाइ छ।
यस्तै नेपाल सिरक सप्लायर्सका सञ्चालक सलिम राइनले बर्सेनि सिरक डस्नाको माग बढ्दै गएकोले मागअनुसार पूरा गर्न समस्या परेको बताएका छन् ।

उनले अहिले माग अत्याधिक रहेकाले आफ्ना कालिगढले दिनरात मेहनेत गरेर सिरक र डस्ना बनाउने काम गरिरहेको पनि जनाए । सिरक डस्नाको व्यवसाय बढेपछि धेरै युवाहरूले राम्रो रोजगारीसमेत पाएका छन् । सिरक डस्ना बनाउने काममा बाँके बर्दियालगायत पूर्वी जिल्लाका मधेसी मुस्लिम युवाहरू बढी छन् । चाँद सिरक इन्टर प्राइजेजमा सिरक, डस्ना ताग्दै आएका नेपालगन्ज–११ का रफिक खानले हातमा सीप भएपछि दुःख पाउनु नपर्ने बताए ।

प्रतिगोटा सिरक र डस्ना तागेअनुसार ज्याला लिने उनले सिजनको बेलामा सरदर दैनिक १ हजारसम्म आम्दानी गर्ने गरेको बताए । बाँके डुडुवा गाउपालिका होलियाका नरेन्द्र यादवले सिरक डसना तागेरै महिनाको २० देखि २५ हजार आम्दानी गर्ने गरेको बताएका छन् । आफूले स्वदेशमै बसेर राम्रो रोजगारी पाएको जनाउँदै उनले आफ्नो लागि यही नै विदेस जस्तो भएको बताए ।

नेपालगन्ज–१२ का महमुद अन्सारीले आफूले खाना बस्ने व्यवस्थासहित मासिक २० हजार बढी तलब पाउने गरी बिगतका केही वर्षदेखि नेपाल सिरक सप्लायर्समा काम गर्दै आएको जनाए। हाल आएर धेरै युवाले सो काम गर्न थाले पनि अझै सिरक डस्ना बनाउने राम्रा कालिगढको अभाव रहेको व्यवसायीहरूले जनाएका छन् ।

, नेपालगन्ज । पुसको दोस्रो सातामा आएर बाँके बर्दियालगायत यस क्षेत्रमा जाडो एक्कासि बढेपछि नेपालगन्जमा न्यानो लुगा र कम्बलसहित सिरक डस्नाको व्यापार पनि अत्याधिक बढेको छ ।

प्रतिक्रिया दिनुहोस