olux

गृहमन्त्री लामिछानेको पहिलो निर्णय : निर्मला पन्तलाई न्याय दिन पहल गर्छु

काठमाडौं । गृहमन्त्री लामिछानेको पहिलो निर्णय : निर्मला पन्तलाई न्याय दिन पहल गर्छु
नवनियुक्त गृहमन्त्री रबि लामिछानेले निर्मला पन्तलाई न्याय दिन पहल गर्ने पहिलो निर्णय गरेका छन्।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका छन् ।

सपथ ग्रहणपछि सिंहदरबारमा पुगेर कार्यभार सम्हालेपछि उनले निर्मला पन्तलाई न्याय दिन पहल गर्ने आफ्नो पहिलो निर्णय हुने भन्दै सचिव विनोदप्रकाश सिंहलाई यसको फाइल बनाउन निर्देशन दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका लामिछाने पूर्व सञ्चारकर्मी समेत हुन् ।

प्रतिक्रिया दिनुहोस