olux

लामिछानेलाई उपप्रधानसहित गृह मन्त्रालय दिइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने उपप्रधान सहित गृहमन्त्रालय लिएर सरकारमा जाने भएका छन्।

सभापति लामिछानेले उपप्रधानसहित गृहमन्त्रालय दाबी गरेका थिए। लामिछानेको माग अनुसार नै मन्त्रालय दिएर सरकारमा लगिएको हो। भर्खरै दर्ता भएको रास्वपाले संघीय संसद्‍मा प्रत्यक्ष र समानुपातिकसहित २० सिटमा जित हासिल गरेको छ ।

सर्वदलीय बैठकमा सहभागी भएर बाहिरिने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछाने साथमा रास्वपाका केन्द्रीय सदस्यहरू । पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो ४ बजे राष्ट्रपति निवासमा प्रधानमन्त्रीको शपथ लिँदैछन्।

त्यस्तै दाहाल नेतृत्वको सरकारमा अन्य मन्त्रीहरूले पनि शपथ लिने कार्यक्रम रहेको छ। माओवादी केन्द्रले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई सरकारमा पठाउने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस