olux

कांग्रेससहितको सरकार बन्ने संभावना सकियो : माधव नेपाल

काठमाडौं । सत्ता गठबन्धनमा खटपट आएलगत्तै डाकेको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा गठबन्धनमा समस्या आउनुका कारणहरुबारे समीक्षा भएको छ । गठबन्धन छोडेर नेकपा एमालेसँग सम्वाद गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोट गएपछि एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएर छलफल गरेको हो ।

पार्टी केन्द्रीय कार्यालयमा पदाधिकारी बैठक जारी छ । बैठकमा अध्यक्ष माधवकुमार नेपालले कांग्रेस नेतृत्वको गठबन्धनबाट सरकार बन्ने संभावना सकिएको ब्रिफिङ गरेका छन् । ‘हामी अब के गर्ने भन्नेबारे निर्णय लिन बैठक बसिरहेका छौं’, बैठकमा सहभागी नेकपा एसका नेताले भने । कांग्रेस नेतृत्वको गठबन्धनमा सत्ता भागबण्डामा सहमति जुट्न नसकेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित नेताहरु एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा छलफलमा जुटेका छन् ।

छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र जसपाका नेता अशोक राई, जनमत पार्टीका अध्यक्ष सीके राउतसहितका शीर्ष नेताहरु सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस