नेपालगन्ज । नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य एवम् ओली वंश सामन्वय समाज नेपालका केन्द्रीय सदस्य गोपाल ओलीले इसाई धर्मावलम्बीहरूको महान चाड क्रिसमसको उपलक्ष्यमा शुभकामना गरेका छन् ।
आज एक शुभकामना सन्देशमार्फत् उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बीहरूमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, सम्वृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन्।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण रहेको र विविधतायुक्त सबै जाति, भाषा, धर्म, समूदाय र संस्कृतिको संरक्षण गर्न तथा तिनीहरूको प्रवद्र्धन गर्न सरकार सकारात्मक रहेको उनले उल्लेख गरेका छन् ।