पुष ९ डाेल्पा । डाेल्पामा कार्यरत एक स्वास्थ्यकर्मीले जिल्ला अस्पताल डाेल्पालाई रु ३५ हजार बराबरको औषधी सहयाेग गरेका छन । ठुलीभेरी नगरपालिका वडा नं. ८ स्थायी घर भै हाल जिल्ला स्वास्थ्य कार्यालय डाेल्पामा स्वास्थ्य बिमा शाखा संयाेजक राजन कुमार डाँगीले जिल्ला अस्पताल डाेल्पालाई ब्यक्तिगत रुपमा औषधी सहयाेग गरेका हुन । डाँगीले यस अघिपनि रु ५० हजार बराबरको औषधी सहयाेग सहयाेग गरिसकेका छन ।
अाज शनिबार स्वास्थ्यकर्मी डाँगीले विभिन्न २० प्रकारका औषधी जिल्ला अस्पताल डाेल्पामा पुगेर जिल्ला अस्पताल डाेल्पाका चिकित्सा शाखा प्रमुख डाक्टर अखण्ड उपाध्यायलाई हस्तान्तरण गरेका हुन । अस्पतालमा रहेका बिरामीलाई उपचारको क्रममा केही राहत मिलाेस भनेर हस्तान्तरण गरिएको औषधीले उपचारमा धेरै सहज हुने डाक्टर अखण्ड उपाध्यायले बताए । यस्ता किसिमका निस्वार्थ सहयाेगले डाेल्पा जस्ताे दुर्गम ठाउँका बिरामीलाई थप राहत मिल्ने भएकाले निशुल्क औषधी सहयाेग गर्ने स्वास्थ्यकर्मी राजन कुमार डाँगीलाई अस्पतालकाे तर्फबाट डाक्टर उपाध्यायले धन्यवाद दिएका छन ।