olux

नवनिर्वाचित सांसदहरुले लिए सपथ

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरुले सपथ लिएका छन्। बिहीबार संसद् भवन नयाँ बानेश्वरमा आयोजित एक समारोहका बीच सांसदहरुले सपथ लिएका हुन्।

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले अन्य सदस्यलाई सपथ ग्रहण गराएका हुन्। सपथ कार्यक्रम अगाडि सम्बोधन गर्दै संसद् सचिवालयका महासचिव भरतराज गौतमले नेपालीबाहेक १४ भाषामा सपथ खाने भनेर सांसदहरुले नाम टिपाएको उल्लेख गरेका थिए।

सपथपछि सदस्यहरुले सपथ पत्रमा हस्ताक्षर पनि गरेका थिए। नेपालीबाहेकका मातृभाषामा सपथ लिनेहरुले नेपाली भाषा र मातृभाषा दुवै सपथ पत्रमा हस्ताक्षर गरेका थिए।

त्यसपछि जबराले सपथको नेपाली विवरण पढेका थिए। उनलाई सांसदहरुले आ-आफ्नो भाषामा दोहोर्‍याएका थिए।प्रतिनिधि सभाका लागि २०७९ मंसिर ४ गते निर्वाचन भएको थियो। निर्वाचनबाट कांग्रेस सबैभन्दा ठूलो दल भएको छ।

त्यसपछि सांसद्हरुले सांसदको लोगो पनि लगाएका थिए।

प्रतिक्रिया दिनुहोस