दाङ । मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय सभापति पदमा सुशील बस्नेतले उम्मेदवारी दिएका छ्न । पुस २९ र ३० गते सुस्ता पश्चिम बर्दधाटमा शान्ति समाजको २५औं राष्ट्रिय परिषद् बैठकले नयाँ नेतृत्व चयन गर्ने छ । दाङ निवासी बस्नेत शान्ति समाजको हाल वरिष्ठ उपसभापति हुन । उनी अढाई दशकदेखी सक्रिय छ्न ।
स्वच्छ छबिको रुपमा पहिचान बनाएका बस्नेत केन्द्रिय महासचिव, केन्द्रीय सचिव, केन्द्रीय सदस्य, जिल्ला सभापति, जिल्ला सचिब, जिल्ला सहसचिव र जिल्ला सदस्य पदको भुमिकामा रहि मानव अधिकार, शान्ति लोकतन्त्र, अहिंसा, सद्भाव र सहिष्णुताको पक्षमा सधै अग्रपंक्तिमा रहि अभियान सन्चालन गर्दै आएका छ्न ।
स्पष्ट बक्ता, कुनैपनि बिषयको गहिरो अध्ययन गर्ने, सबैलाई एकीकृत गरि अगाडि बढ्ने क्षमता भएका बस्नेतले सामाजिक न्यायको क्षेत्रमा राष्ट्रिय स्तरमा चर्चामा आउने गरि काम गरेका कयौ सवाल छ्न ।
महिला, अपाङता ब्यक्तिहरु, दलित समुदाय, जेष्ठ नागरिक, बालबालिका, यौनिक तथा अल्पसंख्यक,सीमान्तकृत समुदायको सवालको पक्षमा बुलन्द आवाज उठाउने र त्यसका लागि अग्रपंक्तिमा रहने गरेका ती समुदायको भनाई छ । जिल्ला शाखाहरुमा समन्वय, सहकार्य गर्दै शान्ति समाजका अभियानलाई थप प्रभावकारी बनाउदै आएका केन्द्रीय सभापति पदका उम्मेदवार बस्नेत जिल्ला शाखाहरुमा निकै चर्चामा रहेका ।
दाङ शाखाले सभापतिको उम्मेदवारमा सिफारिस गरिएका बस्नेतको नेतृत्व, समन्वय र सक्रियताको गुणका कारणले पटकपटक गरि ७ पटक राष्ट्रिय परिषद बैठकबाट दाङ उत्कृष्ट शाखा बनेको छ । बस्नेतले शान्ति समाजको मुल्यमान्यतालाई आत्मसाथ गर्दै केही प्रतिबद्धता पनि सार्वजनिक गरेका छ्न ।
१- शान्ति समाजको मुल्यमान्यतालाई उच्च राख्दै मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सद्भाव र सहिष्णुताको पक्षमा कार्यक्रम तथा अभियान सन्चालन गर्ने ।
२- जलबायु परिवर्तन, दुर्ब्यसन विरुद्ध, भ्रष्टाचार विरुद्ध, सामाजिक न्यायका पक्षमा,बैज्ञानिक शिक्षा र गुणस्तरीय स्वास्थ सेवा,सुशासनका लागि अभियान सन्चालन गर्ने ।
३- शाखाहरुको बिस्तार गरि क्रमशः सबै जिल्लामा पुर्याउने र संस्थागत बिकास गर्न रणनीतिक योजना बनाई सक्षम बनाउने ।
४- राजधानी उपत्यकामा केन्द्रीय कार्यालयको भवन खरिद गर्ने योजनालाई पूरा गर्ने ।
५- संस्थाको आर्थिक संकटमोचनका लागि दीर्घकालीन योजना बनाई कार्यान्वयन गर्ने ।
६- शान्ति समाजका सबै सदस्यहरुलाई मानव अधिकारका सम्बन्धि प्रशिक्षणको ब्यबस्था गरि थप सक्षम बनाउने ।
७- दिगो बिकास र दिगो शान्तिको लक्ष्य हासिल गर्दै विभेद मुक्त समाज र सामाजिक न्यायका लागि देश ब्यापी अभियान सन्चालन गर्ने ।
२०५३ जेठ १९ गते स्थापित स्वयंसेवी संस्था हो र यसको संस्थापक सभापति कृष्ण पहाडी छन् । २०६२र६३ को ऐतिहासिक जनआन्दोलनको पृष्ठभूमिमा र लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ महत्वपूर्ण योगदान गरेको मानव अधिकार तथा शान्ति समाजले कुनै पनि विदेशी वा स्वदेशी सरकार, दुतावास, दात्री संस्था, फाउण्डेसन, अन्तरसरकारी संस्था धार्मिक संघसंस्था, राजनीतिक दल, सुर्तीजन्य उद्योग र अन्तराष्ट्रिय गैर सरकारी संस्था बाट आर्थिक सहयोग ग्रहण गर्दैन ।
निर्धारित समयमै कार्यक्रम शुरु गर्ने परिपाटी बसालेको ९समय आन्दोलन० मानव अधिकार तथा शान्ति समाजले विगत एक दशकदेखि जलबायु परिवर्तन र विश्वव्यापी उष्णता र त्यसबाट परेको प्रभावबारे सचेतना अभियान र मासिक शान्ति काव्य प्रवाह समेत सञ्चालन गर्दै आएको छ भने २०७२ सालदेखि राहत अभियानमा पनि योगदान गर्दै आएको छ । शान्ति समाजको राष्ट्रिय परिषद बैठकले २७ सदस्यीय केन्द्रिय कार्यसमिति चयन गर्नेछ । कार्य समितिको कार्यकाल २ बर्ष हुने बैधानिक ब्यबस्था छ ।
परिषदमा ३३ जिल्लाका २५० बढी प्रतिनिधि तथा परिबेक्षकको सहभागीता रहने छ । मोफसल ९ राजधानी काठमाडौ बाहिर ०मा रहि पत्रकारिता गर्ने एक चर्चित पत्रकार हुन ।