olux

नेपाल शिक्षक संघ नरैनापुरको अध्यक्षमा पुनः सज्जाक खाँ निर्वाचित 

बाँके । नेपाल शिक्षक संघ, नरैनापुरको अध्यक्षमा पुनः सज्जाक खाँ निर्वाचित भएका छन् । शनिवार नरैनापुरमा भएको दोस्रो अधिवेशनले खाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले महिला उपाध्यक्षमा सुमनकुमारी मिश्र र पुरुष उपाध्यक्षमा नन्दकिशोर शर्मालाई चयन गरेको नवनिर्वाचित अध्यक्ष खाँले जानकारी दिए ।
उनका अनुसार, सचिव, अर्थ सचिव, सहसचिव, सहसचिव महिला, समावेशी सहसचिव, समावेशी सहसचिव र सहसचिव अर्थमा क्रमशः श्यामविहारी यादव, अब्दुल खलिल खाँ, अर्जुन यादव, मिना केसी, पार्वती शर्मा, कमाल अहमद मुकेरी र शिवकुमार थारु चयन भएका छन् । संघको दोस्रो अधिवेशनले सदस्यमा लाल खाँ, छेदन मनिहार, बाबरअलि मुकेरी, असफाक अलि मुकेरी, जुनेर अहमद खाँ, अयोध्याप्रसाद विश्वकर्मा, सहजराम साहु, फारुक खाँ, विजयबहादुर यादव, शारदा विक यादव, मिनाकुमारी चौधरी र रेश्मिन मुकेरीलाई चयन गरेको अध्यक्ष खाँले गोचाली खवरलाई जानकारी दिए।
अधिवेशनको उद्घाटन सत्रमा नरैनापुर गाउँपालिकाका प्रमुख इस्तियाक अहमद शाहले गाउँपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर शैक्षिक सुधारका लागि जुनसुकै कदम चाल्न पछाडी नहट्ने प्रतिवद्धता जनाए । उनले राम्रो काम गर्ने शिक्षकलाई पुरस्कृत र नराम्रो काम गर्नेलाई दण्डको ब्यवस्था गरिएको बताए । ‘शिक्षा विना विकास सम्भव छैन । गाउँपालिकाले शैक्षिक सुधारका लागि कुनै कसर बाँकी राख्ने छैन,’ उनले भने, ‘गुणस्तरिय शिक्षाका लागि शिक्षकलाई पुरस्कृत र दण्ड दिने ब्यवस्था गाउँपालिOpen photoकाले गरेको छ ।’ सो अवसरमा नेपाल शिक्षक महासंघका केन्द्रिय सदस्य दोर्ण ओलीले गुणस्तरिय शिक्षा र शिक्षकको अधिकारका लागि महासंघले कसैसँग सम्झौता नगर्ने स्पष्ट पारे ।
नेपाल शिक्षक संघ बाँके अध्यक्ष वीरेन्द्र यादवले शिक्षकले राम्रो पारिश्रमिक पाए मात्र गुणस्तरिय शिक्षा दिन सक्ने जिकिर गरे । संघ नरैनापुरका अध्यक्ष सज्जाक खाँको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस, बाँके सचिव तोजेन्द्र विक, नेपालगन्ज शिक्षक संघ बाँके उपाध्यक्ष शेखर रावत, सचिव ऋषिराज शर्मा लगायतले सम्बोधन गरेका थिए । नेपाल शिक्षक संघका केन्द्रिय प्रतिनिधि त्रिलोकीलाल मौर्यको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन अर्जुन यादवले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस