धनुषा । धनुषाको बटेश्वर गाउँपालिकामा घरमै सुतिरहेको अवस्थामा एक महिलाको हत्या भएको छ।
बटेश्वर ५ शान्तिपुरकी २७ वर्षीया रितादेवी यादवको हत्या भएको धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले जानकारी दिए।
गएराति धारिलो हतियार प्रहार गरी यादवको हत्या भएको प्रहरीले जनाएको छ। हत्या गरेको आशंकामा श्रीमान् वीरेन्द्र यादवलाई नियन्त्रणमा लिएको डीएसपी क्षेत्रीले जानकारी दिए।
गम्भीर घाइते भएकी रितादेवीलाई वीरन्द्रले उपचारका लागि भन्दै अस्पताल पुर्याएका थिए। अस्पताल पुग्नु अघि नै रितादेवीको मृत्यु भइसकेको अस्पताललाई उदृत गर्दै प्रहरीले जानकारी दिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।