olux

प्रतिनिधिसभा तर्फ बाँकेबाट माओवादी केन्द्रको प्रतिनिधित्व शुन्य (बाँके, बर्दिया र दाङबाट को-को भए सिफारिस )

बाँके ।प्रतिनिधिसभा तर्फ बाँकेमा माओवादी केन्द्रको प्रतिनिधित्व शुन्य भएको छ । बाँके क्षेत्र नं. १ मा सूर्य ढकालले प्रतिनिधिसभा सदस्य जितेर एमालेको प्रतिनिधित्व गर्ने भएका छन् । भने, प्रत्यक्षतर्फ एक सिट जितेको नेपाली कांग्रेसले दलित महिला कोटामा आशा विकलाई समानुपातिक सांसद बनाएपछि कांग्रेसका दुई सांसदले बाँकेको प्रतिनिधित्व गर्ने छन् । यसअघि कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौले बाँके क्षेत्र नं. ३ बाट विजयी भएका थिए ।

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीले बाँकेकी लक्ष्मी तिवारीलाई प्रतिनिधिसभाको समानुपातिक सांसद बनाएको छ ।
अधिकांश दलले दाङ र बर्दियालाई प्राथमिकतामा राखेका छन् । एमालेले दाङबाट आस्माकुमारी चौधरी र मेनका पोख्रेललाई प्रतिनिधि सभाको समानुपातिक सांसद बनाएको छ । उता, माओवादीले दाङमा नारायणी शर्मालाई समानुपातिक सांसदको सिफारिस गरि निर्वाचन आयोगमा पठाएको छ । शर्मा समानुपातिक सांसदमा सिफारिस भएसँगै माओवादी केन्द्रका दुई महिला सांसदले प्रतिनिधिसभामा दाङको प्रतिनिधित्व गर्ने भएका छन् ।

बर्दियामा एक सिट नजितेको एमालेले समानुपातिक सांसदका लागि शान्ति चौधरी र शोभा ज्ञवालीको नाम सिफारिस गरि निर्वाचन आयोगमा पठाएको छ । प्रतिनिधिसभामा यी दुई सांसदले बर्दियाको प्रतिनिधित्व गर्नेछन् । भने, राप्रपाबाट गीता बस्नते र जनमत पार्टीका अब्दुल खानले बर्दियाको प्रतिनिधित्व जनाउने छन् ।
एमालेले बाँकेमा कार्यक्षेत्र बनाएर राजनीति गर्दै आएकी दीपा शर्मालाई दैलेख जिल्लाको कोटामा प्रतिनिधिसभातर्फको सांसद बनाएको जनाएको छ । यसअघि शर्मालाई बाँकेको सूचीमा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस