olux

डोल्पाका ६ समुदाय सुरक्षित खानेपानीयूक्त र ३ सामुदायिक विधालय दुई तारे घोषणा

२५ मंसिर, दुनै । डोल्पा जिल्लाका ६ वटा समुदाय सुरक्षित खानेपानीयूक्त समुदाय घोषण गरिएको छ । डिकेड डोल्पा, यूनिसेफ नेपाल र स्थानीय तहको सहयोग सहकार्य र साझेदारीमा डोल्पाका विभिन्न ६ वटा समुदायमा संचालीत समुदाय तथा विधालयमा खानेपानी सरसफाई तथा स्वच्छताका विभिन्न क्रियाकलाप संचालन गरि विभिन्न सुचक मापदण्ड पुरा गर्ने ६ समुदायलाई सुरक्षित खानेपानीयूक्त समुदाय घोषणा गरिएको हो ।

ठुलीभेरी नगरपालिका वडा नं. २ मा पर्ने कुम्ली समुदाय,वडा नं. ६ को थरगाउँ समुदाय,वडा नं. ८ र ९ को डाँगीवाडा मोतिपुर दलित,भेत्ती समुदाय,यस्तै मुड्केचुला गाउँपालिका वडा नं. ३ मा पर्ने रिडिगं समुदाय र वडा नं. ६ को नर्कुथरगाउँ समुदायलाई सुरक्षित खानेपानीयूक्त समुदाय घोषणा गरिएको छ । डोल्पाका यी ६ समुदायका स्थानीयको एक घर एक धारा निर्माण गर्नुको साथै पानीको मुहानको सुद्धता पहिचान गरिएको छ ।

यस्तै डोल्पाका ३ वटा सामुदायिक विधालयलाई दुइ तारे विधालय घोषणा गरिएको छ । ठुलीभेरी नगरपालिका वडा नं. २ को मान्मा आधारभूत विधालय, वडा नं. ८ को बिडिथान आधारभुत विधालय र मुड्केचुला गाउँपालिका ३ को नवज्योति आधारभूत विधालयलाई दुइ तारे विधालय घोषणा गरिएको छ । विधालयमा अपांगमैत्री, बालमैत्री सौचालय, सुरक्षित खानेपानी निर्माण गरे संगै विभिन्न सुचकहरु पुरा गरे लगतै उक्त विधालयहरुलाई दुइ तारे घोषणा गरिएको हो । यस्तै ठुलीभेरी नगरपालिकका वडा नं. ६ को लक्ष्मी माध्यामिक विधालय, वडा नंं. ७ को गौरि आधारभूत विधालय र मुड्केचुला गाउँपालिका ६ नर्कुको महादेब आधारभूत विधालय एक तारेमा स्तरउन्नती भएका छन ।

डिकेड डोल्पा, यूनिसेफ नेपाल र स्थानीय तहको सहयोग सहकार्य र साझेदारीमा ठुलीभेरी नगरपालिकामा जम्मा २३४ घरलाई एकघर एक धारा, २ वटा सार्वजनिक धारा निर्माण गरिएको छ भने मुड्केचुला गाउँपालिकाको दुई समुदाय गरि ५८ घरधुरीलाई एक घर एक धारा निर्माण गरिएको छ । विभिन्न भौतिक संरचनाहरुको मर्मत सम्भार गरि नेपाल सरकार द्धारा लागू गरिएको सम्बन्धीत सुचक तथा मापदण्डहरु पुरा गर्ने पुरा गर्ने ६ समुदायलाई सुरक्षित खानेपानीयूक्त समुदाय र ३ वटा सामुदायिक विधालयलाई दुइ तारे विधालय घोषणा गरिएको डिकेड डोल्पाका अध्यक्ष हरिप्रसाद डाँगीले बताउनुभयो ।

करिब दश महिने अवधिमा स्थानीयतहहरुबाट साझेदारी हुन नसकेपछि साझेदारी संस्था डोल्पा बातावरण संस्कृति र विकास यात्रा (डिकेड) डोल्पाले सहयोगी संस्था यूनिसेफ नेपालको रकम र स्थानीयवासीको जनश्रमदानबाट मात्र सम्पूण कार्यहरु सम्पन्न गरि घोषण गर्न सफल भएको डिकेड डोल्पाका अध्यक्ष डाँगीले बताउनु भएको छ । जम्मा ७० लाखको लागतबाट ६ समुदायमा एक घर एक धारा निर्माण, ६ वटा सामुदायिक विधालयमा बाल मैत्रीक,अपागं मैत्री सौचालय,खानेपानी धारा निर्माण लागएतका विभिन्न क्रियाकलापहरु गरेको डिकेड डोल्पाले जनाएको छ ।                                       

प्रतिक्रिया दिनुहोस