डोल्पा – डोल्पाको जगदुल्ला गाउँपालिकामा लैङ्गगिक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरि समापन गरिएकोे छ । यहि मंसिर ९ गते देखि २४ गतेसम्म गाउँपालिका भित्र लैङ्गगिक हिंसा विरुद्धको अभियान अन्तर्गत विभिन्न सन्देशमुलक कार्यक्रमको आयोजना गरिएको थियो । आज १६ औँ दिन जगदुल्ला गाउँपालिका अध्यक्ष नारसिँह रोकायाको अध्यक्षतामा पालिका भित्रका विभिन्न महिला समुह तथा विभिन्न निकायको सहभागीतामा लैङ्गगिक हिंसा विरुद्धको अभियान समापन गरिएको हो ।
कार्यक्रममा लैङ्गगिक हिंसा विरुद्धको अभियान अन्तगरगत डेउडा प्रतियोगिता आयोजना गरिएको थियो । यस्तै विभिन्न महिला समुहका सहभागी महिलाहरुले लैङ्गगिक हिंसा विरुद्धको जनचेतनामुलक प्रतिभाहरु प्रस्तुत गरेका थिए । लैङ्गगिक हिंसा विरुद्धको १६ दिने अभियानमा जगदुल्ला गाउँपालिका वडा नं. १ देखि ६ सम्मका विभिन्न महिला तथा आमा समुहहरुले गाउँगाउँमा लैङ्गगिक हिंसा विरुद्धको नारा सहित र्याली प्रर्दशन गरेका थिए । लैङ्गगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत प्रत्यक वडामा महिला सञ्जाल गठन गरि जनचेतनामुलक कार्यक्रमहरु गरिएको जगदुल्ला गाउँपालिका डोल्पाकी महिला शाखा प्रमुख सबिना बोहोराले बताउनुभयो ।
पछिल्ला समयमा जगदुल्ला गाउँपालिकामा लैङ्गगिक हिंसाका क्रियाकलापहरु न्यूनिकरण हुदै गईरहेको जगदुल्ला गाउँपालिका डोल्पाका अध्यक्ष नारसिँह रोकायाले बताउनु भएको छ । पालिका भित्र लैङ्गगिक हिंसा न्यूनिकरण गर्नको लागि आगामी दिनमा कार्यपालिकाले पाँच बर्षे कार्यनिति तथा कार्यक्रम तयार गरि प्रत्यक बर्ष लैङ्गगिक हिंसा विरुद्धको,बालविवाह विरुद्ध विभिन्न कार्यक्रमहरु गर्ने तयारी रहेको अध्यक्ष रोकायाले बताउनु भएको छ ।