२३,मंसिर डोल्पा । डोल्पाको ठुलीभेरी नगरपालिका,त्रिपुरासुन्दरी नगरपालिका र काईके गाउँपालिका गरि ३ वटा सामुदायिक विधालयका शिक्षक,शिक्षिका र विधार्थीलाई मेकर स्पेस र स्टिम मेटिरियल्स् सम्बन्धी तालिम सम्पन्न भएको छ । यूरोपियन यूनियनको आर्थिक सहयोगमा प्लान नेपालको साझेदारी र स्याक नेपालको समन्वयमा डोल्पाको ठुलीभेरी नगरपालिका जुफालमा पर्ने आर्दश माध्यामिक विधालयका ३० जना शिक्षक विधार्थी, त्रिपुरासुन्दरी नगरपालिकाको मदुमा रहेको त्रिपुराकोट माध्यामिक विधालयका २० जना शिक्षक विधार्थी र काईके गाउँपालिकाको नाम्दोबगरमा रहेको अरनिको माध्यामिक विकालयका २० जना शिक्षक विधार्थीलाई फरक फरक मितिमा विज्ञान,प्रविधि,शिक्षा,कला र गणितिय विषय बस्तुको बारेमा तालिम प्रदान गरिएको हो ।
तालिममा सहभागी लाई मेकर स्पेशको प्रयोगको अनुगमनका साथै स्टिम शिक्षा र त्यसको उपयोगिताको बारेमा प्रकाश पारिएको स्याक नेपाल डोल्पाको स्टिम अहेड परियोजना संयोजक शशी पाण्डेले जानकारी दिनुभयो । स्टिम अहेड परियोजनाले अहिलेको पुस्ताले चाहेको शैक्षिक गतिविधिको बारेमा बालबालिकाहरुलाई राम्रो शिक्षा ज्ञान दिईरहेको विश्वास रहेको संयोजक पाण्डेले बताउनुभयो ।
स्टिम अहेड परियोजनाले बालबालिकाहरुलाई व्यवहारीक ज्ञान तर्फ रुचि बढाएको आर्दश माध्यामिक विधालय जुफाल डोल्पाका प्रधानाध्यापक बालकृष्ण डाँगीले बताउनुभयो । स्टिम शिक्षा हालका पुस्तालाई आवश्यक पर्ने महत्वपूर्ण रहेकोले यसलाई व्यवहारमा लागु गर्न सके बालबालिकालाई माथिल्लो तहसम्म पुग्न सहज हुने उहाँले बताउनुभयो ।
यस कार्यक्रम लागु भएका स्थानहरुमा स्टिम अहेड परियोजनाले स्थापित गरेको मेकर स्पेश र स्टिम सामाग्रीको प्रयोगले गर्दा विधार्थीहरुले विभिन्न खाले सामाग्रीहरु निर्माण गरेका थिए ।