शे–फोक्सुण्डोमा लैङ्गिक रुपान्तरणमुखी विधालय वातावरण सम्बन्धी दुई दिने तालिम सम्पन्न

२२, मंसिर डोल्पा – डोल्पाको सदरमुकाम दुनै बजारमा लैङ्गिक रुपान्तरणमुखी विधालय वातावरण सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । माथिल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिकामा अत्याधिक जाडो भएर स्थानीय नागरिक,जनप्रतिनिधि सदरमुकाम दुनै झरेको अवसर पारेर दुनैमा दुई दिने तालिम संचालन गरिएको थियो ।

यूरोपियन यूनियनको आर्थिक सहयोगमा प्लान नेपालको साझेदारी र स्याक नेपालको समन्वयमा शे फोक्सुण्डो गाउँपालिका भित्रका जनप्रतिनिधिहरु,कर्मचारी विव्यस प्रतिनिधि र अभिभावक संघ का प्रतिनिधि गरि जम्मा १५ जना सहभागीलाई लैङ्गिक रुपान्तरणमुखी विधालय वातावरण सम्बन्धी दुई दिने अभिमुखिकरण तालिम दिईएको स्याक नेपाल डोल्पाको स्टिम अहेड परियोजना संयोजक शशी पाण्डेले जानकारी दिनुभयो ।

तालिममा समावेशी गुणस्तरीय शिक्षाको जानकारी,लैगिंक समानता अवधारण र आवश्यकता,बाल संरक्षण,बाल बिवाह,विधालय गुनासो सुनुवाई सयन्त्र,विधालय लैगिंक समानताका हालको अवस्था बिश्लेषण,लैगिंक रुपान्तरण कार्ययोजना निर्माण, विधालय सुधार योजनामा यस कार्ययोजनाको समावेशीकरण लगाएतका विषयबस्तुको बारेमा सहभागीहरुलाई अभिमुखीकरण गरेको संयोजक पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस