डोल्पाको मुड्केचुला गाउँपालिकामा नेपाल लाइफको आयोजनामा अभिकर्ता तालिम सुरु

डोल्पा – डोल्पाको जिल्लाको मुड्केचुला गाउँपालिकामा नेपाल लाइफ इन्स्योरेन्स् कम्पनी डोल्पा शाखाको आयोजनामा अभिकर्ता तालिम सुरु गरिएको छ । पालिका भित्रका विभिन्न गाउँका करिब २० भन्दा बढी अभिकर्ताहरुको सहभागी उक्त चार दिने तालिममा नेपाल लाइफ इन्स्योेरेन्सबाट पाउने सेवा सुविधा,विमा गर्नुको फाईदा, विमा गर्ने तरिका,र विमा बाट विमितले पाउने फाइदा लगाएतका विविध विषयमा अभिकर्ताहरुलाई तालिम दिईने नेपाल लाइफ इन्स्योरेन्स् उपशाखा डोल्पाका शाखा प्रमुख पदम शाहीले जानकारी दिनु भयो ।

नेपाल लाइफ इन्स्योरेन्स् विमा कम्पनीले डोल्पाको सदरमुकाम दुनै बजार बाटै सबै कामकाज सुरु गरिरहेको डोल्पा शाखा प्रमुख शाहीले बताउनु भएको छ । विमाको किस्ता जम्मा गर्ने,विमा भक्तानी गर्ने, मृत्यु दाबी भुक्तानी लगाएतका अन्य दैनिकि कार्य नेपाल लाइफ इन्स्योरेन्स् कम्पनीले डोल्पाबाटै सेवा सुविधा दिईरहेको उहाँले बताउनु भयो । विमा आफ्नो र आफ्ना सन्तानको लागि महत्वपूर्ण रहेकाले सवै नागरिकलाई जिवन विमा गर्न उपशाखा प्रमुख शाहीले आग्रह गर्नुभएको छ । जिल्लामा सबैभन्दा बढी कारोबार गर्ने र जिल्लाबाटै विमाका सबै कामकाज गर्ने एक मात्र नेपाल लाइफ इनस्योरेन्स कम्पनी रहेको नेपाल लाइफ इन्स्योरेन्स् डोल्पा शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस