डोल्पामा महिला हिंसा र बाल बिवाह विरुद्ध सडक नाटक प्रदर्शन

डोल्पा – डोल्पामा महिला हिंसा र बालबिबाह बिरुद्धको जनचेतनामुलक सडक नाटक गरिएको छ । सभ्य समाजको निर्माण ः लैङ्गिक हिँसा विरुद्धको अभियान, भन्ने मुल नाराको साथ ठुलीभेरी नगरपालिका वडा नं. ३ मा पर्ने उपल्लो दुनैमा सडक नाटक गरिएको हो । ठुलीभेरी नगरपालिका र समाजिक विकास कार्यालय डोल्पाको बित्तीय सहयोग र महिला सशक्तीकरण केन्द्र डोल्पाको आयोजनामा साथै बाल विवाह विरुद्धको साझा अभियान जिल्ला सञ्जाल डोल्पा,केड डोल्पा,डिएसबिएस डोल्पा,गरिब दलित उत्थान समिति,स्याक नेपाल,प्लान नेपाल,सामुदायिक प्रहरी साझेदारी जिल्ला प्रहरी कार्यालय डोल्पाको समन्वय र साझेदारमा महिला हिँसा विरुद्धको १६ दिने अभियान अन्तरगत आज १३ औँ दिन सकड नाटक गरिएको हो ।

उपल्लो दुनैको एक गाउँका समुदाय विचमा महिला हिंसा र बाल विवाह विरुद्ध सरस्वती माध्यामिक विधालय दुनै डोल्पाका विधार्थीहरुले जनचेतनामुलक सडक नाटक प्रस्तुत गरेका थिए । उक्त सडक नाटकले महिला पुरुष सवै बराबर हुन,छोरा छोरी सबै बराबर हुन, हामीले सबैलाई समान व्यवहार गर्नु पर्छ भन्ने सन्देश दिएको ठुलीभेरी नगरपालिका वडा नं. ३ उपल्लो दुनैका स्थानीयले बताएका छन । सडक नाटक रमाईलो संगैँ जनचेतानामुलक रहेको स्थानीयले बताएका छन । सबै भन्दा धेरै बुद्धिजिवि सर्कल बस्ने बजारहरुमा एक सय जनाको विचमा भन्दा पनि बरु थोरै सहभागीता जनाए पनि गाउँघरको समुदायमा जनचेतना फैलियोस् भनेर उपल्लो दुनैको गाउँमा नाटक पर्दशन गरेको स्याक नेपाल डोल्पाकी प्रतिनिधि जुनु हिराचनले बताउनु भयो । यस्तै महिला हिंसा र बाल विवाह विरुद्धको जनचेतनामुलक अभियान शहर बजार भन्दा पनि गाउँघरमा प्रर्दशन गर्नुपर्ने आवश्यक रहेको डिएसबिएस डोल्पाका संयोजक योगेन्द्र बुढाले बताउनु भयो । महिला हिँसा विरुद्धको १६ दिने अभियान अन्तरगत डोल्पामा विभिन्न कार्यक्रमहरु भैरहेका छन ।                 

प्रतिक्रिया दिनुहोस