olux

बालबालिकालाई शैक्षिक सामाग्री

दङगीशरण गाउँपालिकाका विभिन्न बिधालयमा अध्ययनरत २ सय बढी बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरिएको छ ।
ग्रामिण विकाशका लागी चाइना फाउन्डेसनको आर्थिक सहयोग तथा ब्याकवार्ड सोसाइटी एजुकेसन बेशको आयोजनामा २ सय २६ जना विद्यार्थीहरुका लागी शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो ।
सिद्ध पृथ्वी जनता उच्च मावि श्रीगाउँमा मगलबार शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम आयोजना गरी बिधालयका २२६ जना बिधार्थिलाइ सामाग्री हस्तान्तरण गरीएको हो । फाउन्डेसनले शान्तीनगर, दंगीशरण र बबई गाउँपालिकाका १५ वटा बिधालयमा कार्यक्रम अगाडी बढाएको बेश सस्थाकी निर्देशक पिंकी डाङीले जानकारी दिनुभयो ।
कार्यक्रम बिधालय ब्यबस्थापन समितिका अध्यक्ष लिलाधर गौतमको अध्यक्षता तथा दङ्गीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्य एवम वडा नम्बर ६ का अध्यक्ष रोषण शाहको बिशिष्ठ आतिथ्यमा भएको हो । उहाँहरुले भन्नुभयो, यसकिसिमको सहयोगकारण विद्यार्थीले आउन छोड्ने बिद्यार्थीहरुको संख्यामा कमि आउने छ ।

प्रतिक्रिया दिनुहोस