दाङ । नेकपाा एमाले बंगलाचुली गाउँ कमिटीले बंगलाचुली गाउँपालिकाद्वारा सञ्चालित रेडियो र त्यहाँ स्थित अस्पतालमा चरम लापरबाही भैरहेको जनाएको छ ।
गाउँपालिका अध्यक्ष पुष्पराज भण्डारीले सोमबार विज्ञप्ति जारी गरी स्थानीयहरुको गुनासो आएपछि एमाले प्रदेश कमिटी सदस्य भेषराज खत्रीसहित केही नेता अनि गाउँलेहरु रेडियो र अस्पतालमा जाँदा दुबै ठाउँमा दुई÷दुईजना कर्मचारीहरु मात्र पाइएको, अस्पतालमा स्वास्थ्यकर्मीहरु नहुँदा बिरामीहरु नभएको, रेडियो पनि अस्तव्यस्त तरिकाले सञ्चालन भएको पाइएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा अनुगमनमा गएको कुरालाई बढाई चढाई एमाले नेताहरुले रेडियोमा आक्रमण गरेको भनेर प्रचार गरिएकोमा पनि विज्ञप्तिमा आपत्ती प्रकट गरिएको छ । साथै विज्ञप्तिमा दुबै संस्थामा नै नगएर लामो समयदेखि तलब भत्ता खाइरहेका कर्मचारीहरुलाई कारबाही गर्न र दुबै संस्थालाई व्यवस्थित तरिकाले सञ्चालन गर्न अनुरोध गरिएको छ ।
यस विषयमा एमाले नेता भेषराज खत्रीसँग बुझ्दा उहाँले रेडियो बंगलाचुली गाउँपालिकाद्वारा सञ्चालित भएकाले आफूहरु त्यहाँ बुझ्न गएको र यस बाहेक भनाभन समेत नभएको विषयमा आफ्नो नाम जोडेर आक्रमण भएको कुरा बाहिर ल्याएकोमा उहाँले दुःख व्यक्त गर्नु भएको छ । जनताको करबाट सञ्चालनमा आएको रेडियोलाई एकलौटी सञ्चालन गरिएको, केही कर्मचारी तथा कार्यक्रम प्रस्तोतालाई समेत राजनीतिक पूर्वाग्रही तरिकाले निकालिएकोमा नेता खत्रीले आपत्ती प्रकट गर्नुभएको छ । अस्पतालमा समेत पछिल्ला दिनहरुमा सेवामा चरम लापरबाही भैरहेकाले सुधार गर्न उहाँले सम्बन्धित निकायसँग अनुरोध गर्नु भएको छ ।
यता यस विषयमा स्थानीय सुशील परियारलाई बुझ्दा उहाँले आफूले रेडियोमा कार्यक्रम सञ्चालन गरिरहेको भएपनि अब देखि कार्यक्रम चलाउन नआउनु भनेपछि आफूहरु यो विषयमा बुझ्न गएको बताउनुभयो । गाउँपालिकाले सञ्चालन गरेको रेडियोमा आफूलाई निकालेको र यस विषयमा नेपाल पत्रकार महासंघ दाङ शाखाले स्थलगतरुपमा आएर छानबिन र अध्ययन गर्न उहाँले माग गर्नु भएको छ ।
सोमबार दिउँसो रेडियोमा जाँदा आफू पनि साथै भएको, त्यहाँ दुईजना मात्र कर्मचारी भएकाले यस विषयमा थप कुराहरु केही नभएको, त्यसपछि एमाले नेताहरु सुरक्षाकर्मीहरु सहित त्यही दुईतीन घण्टासम्म बजार क्षेत्रमै रहेको तर साँझ तिर एकाएक प्रेस सेन्टर दाङको नाममा बंगलाचुली एफएममा आक्रमण गरिएको भनि झुठो विज्ञप्ति निकालिएकोमा परियारले दुःख व्यक्त गर्नु भएको छ ।
रेडियोलाई साझा तवरले सञ्चालन गर्नु पर्ने, त्यहाँ भएका कमि कमजोरीलाई सञ्चाउने ठाउँमा गाउँपालिकाकै बदनामी हुने गरी जिम्मेवार सञ्चार संगठनले विज्ञप्ति बाजी गर्नुको पछाडी कायर मानसिकता रहेको सुशील परियारले प्रतिक्रिया दिनुभयो