दाङ । अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा सोमबार मानव अधिकार तथा शान्ति समाजले तुलसीपुरमा सरसफाइ गरेको छ । स्वमसेबी सस्था शान्ति समाजले त्रिसिद्वेस्वरी मन्दिर परिसरमा सरसफाइ गरेको हो ।
सरसफाइ शुरु गर्नु अघि आयोजित कार्यक्रममा मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष देवराज धिताल, उपाध्यक्ष घनश्याम उपाध्याय, शान्ति समाजका केन्द्रिय वरिष्ठ उपसभापति सुशील बस्नेतले सामाजिक सेवा स्वमसेवाको भावले गर्दा आनन्द आउने बताउनु भयो । बिगतमा सामाजिक काम सबै मिलि स्वमसेबी तवरले गर्ने गरेको उहाँहरुले स्मरण गर्नुभयो ।
समाजका शाखा सभापति नवीन पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव अमृत प्रसाद शर्माले गर्नुभएको थियो।
शान्ति समाजले प्रत्यक बर्ष डिसेम्बर ५ तारीखमा स्वमसेवक दिवस मनाउदै आएको छ भने समाजले महिला हिसा बिरुद्ध १६ दिवस अभियान,९ डिसेम्बरका दिन अन्तर्राष्ट्रिय भ्रष्टाचार बिरुद्धको दिवस र १० डिसेम्बरमा अन्तरास्ट्रिय दिवस एकदिन मनाउने भएको समाजका केन्द्रिय वरिष्ठ उपसभापति सुशील बस्नेतले जानकारी दिनुभयो । त्यसबाहेक बार्षिक २२ बढी यस्ता दिवसलाई अभियानका रुपमा मनाउदै आएको छ ।