बर्दियामा ब्राउनसुगर सहित बैजनाथका आहिर पक्राऊ

बर्दिया । लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राऊ परेका छन।

बढैयाताल गाउँपालिका-८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ सय मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-५ गुरुवागाउँ बस्ने ३१ वर्षीय चेतराम अहिर पक्राऊ परेका हुन् ।

प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भे.४ प ९५९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार अहिरलाई उक्त पदार्थ सहित फेला पारी शनिबार राति पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस