मीन बहादुर केसि स्मृती कप फुटबल जारी ,टरिगाउँ र टाईगरको बिजयी सुरुवात

दाङ । दाङ तुलसिपुरको दमारगाउँमा जारी जिल्लाकै सर्वाधिक पुरस्कार राशिको स्वर्गीय मीन बहादुर केसि स्मृति कप फुटबल प्रतियोगिता २०७९ मा टरिगाउँ युवा क्लब र टाईगर युवा क्लब तुलसिपुर ३ ले बिजयी सुरुवात गरेका छन् ।

टाईगर युवा क्लब तुलसिपुर ३ दमारगाउँको आयोजनामा संचालित प्रतियोगिताको आज शुक्रबार सम्पन्न पहिलो खेलमा युएनबिसी घोराही नयाँ बजारलाई शून्य का विरुद्ध दुई गोल अन्तरले पराजित गर्दै टरिगाउँ युवा क्लबले बिजयी यात्रा सुरु गरेको हो ।

उल्लेख्य दर्शकको उपस्तिथिमा भएको रोमाञ्चक अनि शानदार खेलको फस्ट हाफ्मा टरिगाउ युवा क्लबका जर्सी न ६ का हरि रोकामगरले खेलको २२ औ मिनेटमा गोल गर्दै टिम लाई एक सुन्यको अग्रता दिलाए । प्रतिस्पर्धात्मक खेलमा युएनबिसिले गोल गर्ने आफ्ना थुप्रै अबसर गुमाउदा खेलको दोस्रो हाफ्माको ३२ औ मिनेटमा टरिगाउका जर्सी न २४ का रमेश तामाङले थप एक गोल गर्दै टिमलाई दुई सुन्यको जित दिलाउन सफल भए । त्यस्तै एसएस एफए भेट्रान्स लाई एकका बिरुद्ध नौ गोलको फराकिलो अन्तरले पराजित गर्दै टाईगर युवा क्लबले बिजयी यात्रा सुरु गरेको हो ।

जारी प्रतियोगिता अन्तरगत भोलि सनिवार दुई खेल हुनेछ्न् । पहिलो खेलमा प्रदेश प्रहरी एस टि एफ र सनराईज बिच मध्याह्न १२ बजे हुनेछ भने दिउँसो ३ बजे हुने दोस्रो खेलमा फुटबल खेलको बिकास र प्रवर्द्धन संगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्‍याउने मुख्य उदेश्यका साथ आयोजना गरिएको प्रतियाेगितामा दाङ लगाएत अन्य जिल्लामा स्थापित क्लबका १४ टिमको सहभागिता रहेको छ ।

एक साता सम्म चल्ने प्रतियोगिताको बिजेता टिमले नगद १ लाख ३० हजार रुपैयाँ, कप , मेडल तथा प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेता टिमले नगद ६५ हजार रुपैयाँ,मेडल तथा प्रमाणपत्र हात पार्नेछ। त्यस्तै प्रतियाेगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फका खेलाडी लाई प्रमाणपत्र तथा ट्रफिले पुरस्कृत गरिनेछ ।

प्रतिक्रिया दिनुहोस