फोक्सुण्डोको रिग्मोमा हिउँ चितुवा आहारा प्रजाति अनुगमन तालिम सम्पन्न

डोल्पा मंसिर १५ गते । शे फोक्सुण्डो राष्ट्यि निकुन्ज कार्यालय डोल्पाको आयोजनामा डब्लु डब्लु एफ नेपालको सहयोगमा निकुन्ज भित्रका स्थानीयहरुको सहभागीतामा एक दिने हिउँ चितुवा आहारा प्रजाति अनुमगन सम्बन्धी तालिम सम्पन्न भएको छ ।

शे फोक्सुण्डो गाउँपालिका वडा नं. ८ मा पर्ने रिग्मो गाउँमा एक कार्यक्रम आयोजना गरि स्थानीयहरुलाई हिउँ चितुवा आहारा प्रजाति अनुगमन सम्बन्धी तालिम दिईएको शे फोक्सुण्डो राष्ट्यि निकुन्ज कार्यालय शुलिगाड डोल्पाका कार्यालय  प्रमुख संरक्षण अधिकृत लाल बहादुर भण्डारीले बताउनु भयो । दुर्लभ मानिने हिउँ चितुवाले निकुन्ज भित्रका स्थानीय कृषकहरुको बालिबोट पशु वस्तुमा क्षती पुर्याउने र स्थानीयले हिउँ चितुवालाई सुरक्षीत हुन बाट समस्या पार्न सक्ने भएकाले यस्ता किसिमका समस्या न्यूनिकरण गर्नको लागि स्थानीय विभिन्न व्यक्तीहरुको सहभागीतामा हिउँ चितुवा आहारा प्रजाति अनुगमन सम्बन्धी छलफल गरिएको संरक्षण अधिकृत भण्डारीले बताउनु भयो ।

यस्तैविच शे फोक्सुण्डो राष्ट्यि निकुन्ज कार्यालय डोल्पाको आयोजनामा डब्लु डब्लु एफ नेपालको सहयोगमा समुदायद्धारा सञ्चालीत पशु बीमा कार्यक्रमको बितिय व्यवस्थापन सम्बन्धी तालिम सुरु भएको छ । शे फोक्सुण्डो गाउँपालिका वडा नं. ८ रिग्मोमा स्थानीयहरुको सहभागीतामा संचालीत उक्त तालिम यहि मंसिर १७ गते सम्म संचालन हुने शे फोक्सुण्डो राष्ट्यि निकुन्ज कार्यालय शुलिगाड डोल्पाले जनाएको छ । निकुन्ज भित्रका स्थानीय समुदायका कृषकहरुका पशुवस्तुमा वन्यजन्तुले क्षेती पुर्याउने भएको हुदा स्थानीय कृषकलाई सिधै पशुविमा संग कसरी सम्पर्क गर्न सकिन्छ,पशु विमा बाट कस्ता खालका लाभ लिन सकिन्छ भन्ने विषयमा सहभागीहरुलाई तालिम दिईने जनाईएको छ ।                 

प्रतिक्रिया दिनुहोस