मुख्य निर्वाचन अधिकृत सुबेदी द्धारा सञ्चारकर्मी र कर्मचारीलाई प्रशंसा पत्र हस्तान्तरण

१४ मंसिर डोल्पा । यहि मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन सम्मपन्न गर्न विभिन्नतहबाट भुमिका खेल्ने विभिन्न व्यक्तीहरुलाई प्रशंसा पत्र सहित सम्मान गरिएको छ । बुधबार जिल्ला अदालत डोल्पामा एक कार्यक्रम आयोजना गरि निर्वाचन सफल बनाउन उदाहरणीय भुमिका खेल्ने डोल्पाका विभिन्न सञ्चार माध्यममा आवबद्ध संचारकर्मीहरु,प्रमुख जिल्ला अधिकारी,सुरक्षा निकायका प्रमुख,विभिन्न क्षेत्रका कर्मचारी र सुरक्षाकर्मीहरुलाई डोल्पाका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालत डोल्पाका न्यायधीस बाबुराम सुबेदीले प्रशंसा पत्र सहित धन्यवाद व्यक्त गर्नुभएको छ ।

हिमाली जिल्ला डोल्पा आफैमा भौगोलिक हिसावले ठुलो र विकट रहेता पनि यहाँ विभिन्न निकायको साथ सहयोग सहकार्यमा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचन शान्तीपूर्ण तरिकाले सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालत डोल्पाका न्यायधीस बाबुराम सुवेदीले बताउनु भयो । डोल्पामा विभिन्न प्राविधिक समस्या र चिसो मौसममा रानदिन नभनि निर्वाचन सम्बन्धी गतिविधि आम नागरिक संग पुर्याउनको लागि राम्रो भुमिका खेलेको मुख्य निर्वाचन अधिकृत सुबेदीले बताउनु भयो । डोल्पाका संचारकर्मीहरुको विशेष भुमिकामले निर्वाचन सफल हुन गाएको पनि सुबेदीले बताउनु भयो । जिल्लाको समग्रह बिकासको लागि आगामी दिनमा सत्य तथ्य र निश्पक्ष तरिकाले समाचार सम्प्रेषन गर्न डोल्पाका संचारकर्मीहरुलाई सुवेदी आग्रह गर्नुभएको थियो ।

यहि मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न गर्नको लागि जिल्लाका सम्पुर्ण निकायको राम्रो भुमिका रहेको प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीले बताउनु भयो । लोकतन्त्रमा शान्तीपूर्ण तरिकाले निर्वाचन सम्पन्न हुन्छ भन्ने सन्देश डोल्पाबाट देशभरी गएको भन्दै प्रजिअ अधिकारीले खुसी व्यक्त गर्नुभयो । निर्वाचन मात्र नभएर कुनैपनि काम एक्लै गर्दा सफल नहुने भन्दै सवैको साथ सहयोग सल्लाह सहकार्यमा आम निर्वाचन सफल भएको प्रजिअ अधिकारीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस