उम्मेदवारलाई निर्वाचन खर्च बुझाउन निर्बाचन कार्यालय डोल्पाको निर्देशन

१४ मंसिर डाेल्पा ।  जिल्ला निर्बाचन कार्यालय डोल्पाले प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्बाचनमा भाग लिने राजनितिक दल र उम्मेदवारहरुलाई निर्बाचन खर्च विवरण पेस गर्न निर्देशन दिएको छ । यहि मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य र प्रदेशसभा निर्बाचनको मत परिणाम घोषणा भएको ३५ दिन भित्र खर्च विवरण बुझाउन राजनितिक दल तथा उम्मेदवारहरुलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्बाचनका उम्मेदवारहरुले निर्बाचनमा खर्च गर्दा प्रयोग गरेको बैंक खाताको विवरण र खर्च गर्ने जिम्मेवार पदाधिकारिको नाम समेत पेस गर्नु पर्ने छ ।

निर्बाचन प्रचारप्रसारका लागि कोण सभा वा आमसभा गर्दा मञ्चको तयारिका लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारहरुले आफै वा आफ्नो प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको मितिले १५ दिन भित्र निर्वाचन कार्यालयमा पेस गर्नु पर्ने जनाएको छ । निर्बाचन खर्च पेस गर्दा तोकिएको हद बमोजिमको रकम मतदाता नामवलि खरिद सवारी साधन प्रचारप्रसार सामग्री,तथा अन्तरक्रिया अन्य प्रचारप्रसार,छापा एवम् विधुतिय माध्यम ,कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन लगायतका शिर्षक उल्लेख गरि बुझाउनु पर्ने छ ।

आयोगले तोकेको ढाँचा निर्वाचन खर्च विवरण पेस गर्न निर्देशन दिदै पहिलो हुने प्रणालितर्फ मनोनयन पत्र पेस गरेको उम्मेदवारले प्रतिनिधिसभा सदस्य निर्बाचन एनको दफा ४ अनुसार समबन्धित प्रदेश प्रदेश र जिल्ला निर्बाचन कार्यालयमा प्रतिनिधि सभा सदस्य निर्बाचन तथा प्रदेशसभा सदस्य निर्बाचन निर्देशिका ,२०७९ को अनुसुचि ४ बमोजिमको ढाँचामा निर्बाचन खर्चको विवरण पेस गर्नुपर्नेछ । राजनितिक दल र उम्मेदवारहरुले मनोनयनपत्र वा समानुपातिक निर्वाचनका लागि उम्मेदवारहरुको बन्दसुचि दर्ता भएको मिति देखि निर्बाचनको मतपरिणाम घोषणमा भएको मितिसम्मकै सम्पुर्ण खर्चको बिरण आयोगले तोकेको ढाँचामा बुझाउनु पर्ने छ ।

त्यसै समानुपातिक निर्बाचन प्रणालितर्फ बन्दसुचि पेस गरेका राजनितिक दलले निर्बाचन मतपरिणाम घोषणा भएको मितिले ३५ दिन भित्र प्रतिनिधिसभा दस्यका लागि प्रतिनिभि सभा सदस्य समानुपातिक दलले निर्बाचन मतपरिणाम समानुपातिक निर्बाचन निर्देशिका २०७९ को अनुसुचि ३४ र प्रदेशसभा सदस्यका लागि प्रदेश सभा सदस्य समानुपातिक निर्बाचन निर्देशिका ,२०७९ का अनुसुचि ३६ बमोजिमकोे ढाँचामा आयोगमा पेस गर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस