olux

दंगीशरणमा रास्ट्रिय परीचयपत्र बनाउने अभियानको शुरुवात

दंगीशरण । दंगीशरण गाउँपालिकाका ७ वटै वडामा एकैसाथ रास्ट्रीय परीचयपत्र बनाउने अभियानको शुरुवात हुने भएको छ । जिल्ला प्रशासन कार्यालय दाङको आयोजना तथा दंगीशरण गाउँपालिकाको सहआयोजनमा एक कार्यक्रमको आयोजना गरी जनप्रतिनिधि तथा वडा सचिबका लागी १ दिने अभिमुखिकरण कार्यक्रम दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

हरेक नागरीकले अनिवार्य रुपमा बनाउनु पर्ने रास्ट्रीय परिचयपत्र बनाउन जनतालाइ सास्ती भएको जनगुणासो पछि जिल्ला प्रशासन दाङको समन्वयमा हरेक उपमहानगर ,तथा पालिकाका वडामै पुगेर परिचयपत्र बनाउने अभियानलाइ अगाडि बढाएको छ । उपमहानगर सकेर पालिकामा प्रबेश गरेको अभियान पालिका अन्तर्गत दंगीशरण बाट सुरु गर्न लागिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मिले बताउनुभयो ।

भाेली देखी दंगीशरणका ७ वटै वडामा अभियान लग्न थालेको पालिका अध्यक्ष शम्भु गिरीले बताउनुभयो । एस्तै पालिका अध्यक्ष गिरीले रास्ट्रीय अभियानमा हरेक नागरीकले बनाउनै पर्ने रास्ट्रीय परीचयपत्र उत्साहका साथ अफ्नो आफ्नो वडामा आफ्नो पालो अनुसार सहभागी भइ परीचयपत्र बनाउन आग्रह गर्नुभयो ।दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मिको सभापतीत्वमा भएको अभिमुखिकरण कार्यक्रममा बिभागका प्राबिधिक बिपिन आचार्यले जनप्रतिनिधि तथा वडा सचिबहरुलाइ परिचयपत्र बनाउदा पगर्नु पर्ने काम र चाहिने प्रक्रियाबारे जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस