जिल्ला अस्पताल डाेल्पामा पहिलोपटक गर्भ फुटेको महिलाकाे जटिल शल्यक्रिया सफल

मंसिर ११ गते । जिल्ला अस्पताल डाेल्पामा पहिलाे पटक गर्भ फुटेको महिलाकाे जटिल शल्यक्रिया गरिएकाे छ।
रुकुमकाे आठबिसकोट नगरपालिका घर भई हाल मजदुरीका लागि डोल्पा जिल्ला बस्दै आएकी २२ बर्षिया कमला विककाे सफल शल्यक्रिया गरिएको हाे।  अत्याधिक धेरै पेट दुखेपछि जाँचका लागि जिल्ला अस्पताल पुग्नु भएकाे थियाे।

पेट दुखाईकाे पीडाले छट्पटिदै अस्पताल पुगेकी विककाे स्वास्थ्य जाँच गर्दा पाठेघरको नलीमा बच्चा फुटेर पेटभित्र रगत जमेको पाइएपछि तत्काल शल्यक्रिया गरेर ज्यान बचाउन सफल भएको जिल्ला अस्पताल डाेल्पाका प्रमुख डाक्टर अखन्ड उपाध्यायले बताउनुभयो । यस्ताे जटिल केश अस्पतालमा पहिलो पटक आएको र स्वास्थ्यकर्मीहरुकाे समूहले सफल शल्यक्रिया गरेकाे डाक्टर उपाध्यायले बताउनुभयाे। खासमा यस्ता केशहरु सुविधा सम्पन्न अस्पतालमा हुने गरेकाे भएतापनि बिरामीको पीडा अनि लिखित सहमति अनुसार  हामीले सामान्य उपकरण उपलब्धतामा पनि शल्यक्रिया गर्न सफल भएकाे उहाँले बताउनुभयो ।

डाेल्पा जिल्लामै पहिलाे पटक किसिमको जटिल शल्यक्रियामा चिकित्सक डा.शंकर राउत, डा. अखण्ड उपाध्याय, डा. दिवेश,एनेस्थेसियामा  डा.दिपेन्द्र . डा. सुस्मिता, डा. सिमा नर्स दिलु,झुमा,स्मिता,अप्सरा लगायतका स्वास्थ्यकर्मीकाे उपस्थिति रहेको थियाे।

जिल्ला बाहिरका सुविधा सम्पन्न अस्पतालमा लाखाैँ खर्च गरेर उपचार गर्नुपर्ने बिरामीकाे जिल्लामै उपचार गरेर ज्यान जाेगाएकाे भन्दै बिरामीका आफन्तले स्वास्थ्यकर्मीलाई धन्यवाद दिएका छन ।

प्रतिक्रिया दिनुहोस