olux

सरकारबाट पाउने सेवासुविधा गुम्बा,मन्दिर र विधालय निर्माणमा खर्च गर्ने सांसद् बुढाको घोषणा

मंसिर १० गते । डोल्पा जिल्लाबाट प्रतिनिधि सभा सदस्यको लागि निर्वाचित सांसद धन बहादुर बुढाले पाँच बर्ष सम्म सरकारबाट पाउने सेवासुविधा गुम्बा,मन्दिर र विधालय निर्माणमा खर्च गर्ने घोषण गर्नु भएको छ । वि.सं. २०७०, २०७४ र यस पटकको निर्वाचन गरि लागातार तेस्रो पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद बुढाले पाँच बर्से कार्यकालमा आफु सांसद भएर पाउने सवै सेवासुविधा डोल्पाका विभिन्न ठाउँहरुमा आवश्यकता अनुसार खर्च गर्ने घोषणा गर्नु भएको हो । पूर्व पर्यटन राज्य मन्त्री समेत भईसक्नु भएको सांसद बुढाले सञ्चारकर्मीहरु संग कुरा गर्दै आफु जनताको समस्यालाई प्रथामिक्ता दिने बताउनु भएको छ ।

भेरी करिडोरको स्तरउन्नती कालोपत्रे गर्ने,मसिनेचौर विमानस्थल परिक्षण उडान “त्रिपुराकोट काईगाउँ बजार बचाउ अभियान”, दुनै जुफाल,त्रिपुराकोट,मसिनेचौर आर.सि.सि सडक निर्माण गर्ने,जुफाल विमानस्थल, मसिनेचौर विमानस्थल लाई कालोपत्रे संगैँ व्यवस्थीत गर्ने,जिल्लाका सवै स्थानीयतहहरुमा सडक संजाल जोड्ने, जिल्ला अस्पताल जोड्ने पक्की पुल निमार्ण गर्ने, विधुत निर्माण गर्ने ,सुचना संचारको लागि भरपर्दो टावर निमार्ण गर्ने लगाएतका २० बुदाको काम गर्ने नवनिर्वाचित सांसद बुढाले प्रतिबद्धता जनाउनु भएको छ । दुई पटक नेकपा एमाले बाट प्रतिनिधि सभा सदस्य बनिसक्नु भएको बुढा यस पटक भने नेकपा एकीकृत समाजवादीको तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

प्रतिक्रिया दिनुहोस