डोल्पामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनकाे अन्तिम नतिजा सार्वजनिक (हेर्नुस् कस्काे मत कति..?)

मंसिर ९ गते, डोल्पामा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका सवै निर्वाचन क्षेत्रको नतिजा  सार्वजनिक भएको छ । यहि मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्या निर्वाचनको पछि मतगनणा कार्य पनि सम्पन्न भएपछि सवै क्षेत्रको नतिजा सार्वजनिक भएको हो ।

डोल्पाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार धन बहादुर बुढा निर्वाचित हुनुभएको छ । वि.स. २०७०२०७४ मा नेकपा एमालेबाट निर्वाचित बुढा पुन तेस्रो पटक ११ हजार २ सय ९२ मत ल्याएर निर्वाचित हुन भएको हो । यस्तै निर्वाचित बुढाको प्रतिदुन्द्धी नेकपा एमालेका उम्मेदवार ५ हजार ५ सय ५ मत ल्याएर पराजित हुनुभएको छ । २०७४सालको स्थानीय निर्वाचनमा ठुलीभेरी नगरपालिका डोल्पाको नगर प्रमुखमा निर्वाचित हुनु भएको थियो ।
यस्तै डोल्पाबाट प्रतिनिधि सभा सदस्यमा राष्ट्यि प्रजातन्त्र पार्टीका उम्मेदवार अंगद कुमार बुढाले ६ सय ६१ मत ल्याउनु भएको छ । नेकपा मास्कवादी पुष्पलालका उम्मेदवार हर्क बहादुर ठकुल्लाले ५३ मत ल्याउनु भएको छ भने स्वतन्त्रका विर बहादुर रोकायाले १० मत ल्याउनु भएको छ ।

यस्तै प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र क को पनि निर्वाचन नतिजा सार्वजनिक भएको छ । नेकपा एमाले डोल्पाका अध्यक्ष समेत रहेको प्रदेश सभा सदस्य क का उम्मेदवार शेर बहादुर बुढाले ४ हजार ७ सय ४३ मत ल्याएर निर्वाचित हुनु भएको छ । २०७४ सालको निर्वाचनमा वडा सदस्य निर्वाचित भई जिल्ला समन्वय समिति डोल्पाको प्रमुख समेत एक कार्यकाल चलाउनु भएको बुढा यस पटक प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो । उँहाको प्रमुख प्रतिदुन्द्धी नेपाली काँग्रेस डोल्पाका सभापती समेत रहनु भएको गठबन्धनका उम्मेदवार दिपेन्द्र शाहीले २ हजार ४ सय ६५ मत ल्याएर पराजित हुनु भएको छ । यस्तै राप्रपाका नारान बुढाले १ सय ६ र मास्कवादी पुष्पलालका प्रदेश सभा उम्मेदवार नन्द बहादुर रोकायाले २२ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै डोल्पा प्रदेश निर्वाचन क्षेत्र ख मा नेकपा माओवादी केन्द्रका उम्मेदवार विर बहादुर शाही निर्वाचित हुनु भएको छ । २०७४ सालको निर्वाचन प्रदेश सभा सदस्यमा निर्वाचित शाही दोस्रो पटक ५ हजार २ सय ९५ मत ल्याएर प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँको प्रमुख प्रतिदुन्द्धी नेकपा एमालेका धनचन्द्र बैजीले ४ हजार ५ सय ९५ मत ल्याएर पराजित हुनुभयो । भुमि सुधार सम्बन्धी आयोग डोल्पाका पुर्व अध्यक्ष समेत चलाउनु भएका बैजी कडा प्रतिस्पर्धाको साथ पराजित हुनुभएको हो । यस्तै प्रदेश सभा सदस्य ख का राष्ट्यि प्रजातन्त्र पार्टीका उम्मेदवार बौद्धसिँह कठायतले २ सय ८९ मत ल्याउनु भएको थियो । निर्वाचित प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यहरुलाई आजै निर्वाचित प्रमाणपत्र वितरण गरिएको  मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जानकारी दिएको छ ।  यस्तै शुक्रबार एक कार्यक्रम गरि प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचित प्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस