olux

समानुपातिकमा १० लाख मत पाएकोमा ओलीले दिए मतदातालाई धन्यवाद

दाङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिकमा एमालेलाई १० लाख मत दिएको भन्दै मतदातालाई धन्यवाद दिएका छन्। अध्यक्ष ओलीले ट्वीटमार्फत् मतदातालाई धन्यवाद दिएका हुन्।

झन्डै ४० लाख मत गणना भइसकेको अवस्थामा एमालेले समानुपातिकतर्फ ११ लाख ४७ हजार २८१ मत पाइसकेको छ। अहिलेसम्मको अवस्थामा समानुपातिकतर्फ एमाले नै अगाडि देखिएको छ। यस्तै नेपाली कांग्रेसले १० लाख ९१ हजार ६८२ मत पाएको छ। तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी छ।

उसले ५ लाख ४० हजार ९१६ मत प्राप्त गरेको छ। यसैगरी माओवादी चौथो, राप्रपा पाँचौं र जसपा छैठौं स्थानमा छन्। माओवादीले ४ लाख ९७ हजार ५२८, राप्रापाले २ लाख ८५ हजार १७५ र जसपाले एक लाख ७९ हजार ९९६ मत प्राप्त गरेको छ।

 

प्रतिक्रिया दिनुहोस