डाेल्पाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एसका धन बहादुर बुढा निर्वाचित

डाेल्पाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धन बहादुर बुढाले ११ हजार २ सय २५ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँको मुख्य प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार गणेश बहादुर शाहीले ५ हजार ४ सय ९८  मत ल्याएर पराजित हुनुभएकाे हाे । बि.सं. २०७०२०७४ मा नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यमा दुई पटक निर्वाचित हुनुभएका बुढा याे पटक नेकपा एकीकृत समाजवादीबाट तेस्राे कार्यकालको लागि प्रतिनिधि सभा सदस्यमा ५,७२७ मतान्तरले बिजयी हुनुभएको हाे । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार अंगद कुमार बुढाले ६६१ मत ल्याउनु भएकाे छ । मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले घाेषणा गर्न भने बाँकी छ ।

प्रतिक्रिया दिनुहोस