olux

रेखा शर्मालाई महासचिव पोखरेलकाे बधाई

काठमाडौं । दाङको क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजय व्यहोरेका नेकपा (एमाले) महासचिव शंकर पोखरेलले सोही क्षेत्रमा आफूसँग प्रतिस्पर्धाबाट निर्वाचित भएकी रेखा शर्मालाई बधाई दिएका छन् ।
पोखरेल शर्मासँग एक सय ७ मतले पराजित भएका थिए ।

पराजयलाई सहर्ष स्वीकार्दै महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत विजयी शर्मालाई बिहीबार बधाई दिएका हुन् । साथै उनले सत्ता गठबन्धनसँगको एक्लो प्रतिस्पर्धामा मतदाता र शुभेच्छुकहरुले सदभाव देखाएको उल्लेख गर्दै उनले आभार व्यक्त गरेका छन् ।

‘मसँगको प्रतिस्पर्धामा विजयी हुनु भएकोमा रेखा शर्मालाई बधाई । गठबन्धनसंगको एक्लो प्रतिस्पर्धामा मतदाता र शुभेच्छुकहरुले देखाउनु भएको सद्भाका लागि सदैव आभारी रहनेछु’ उनले सन्देशमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस